सिरहामा ट्याक्टरबाट झरेर बालकको मृत्यु
सिरहा /कात्तिक १७, २०७८ सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ । सिरहा गोबजार नपा ८ मैनाबत्ती खोलाबाट बालुवम बोकेर आइरहेको स. १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार ४ का नशिवलाल सदायको छोरा ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकालाई अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























