बुटवल । रुपन्देहीको बुटवलमा गएराति एक सलाई उद्योगमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौंको क्षति भएको सञ्चालक राजेन्द्र ढकालले बताए। राति ९ बजेबाट सुरु भएको आगो करिब १ बजेमात्रै नियन्त्रणमा आएको थियो। पूर्ण रूपमा भने बिहान मात्रै आगो नियन्त्रण भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवल, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाबाट दमकल ल्याएर आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।