कपिलवस्तु ।     सिटिजन लाईफ इन्स्युरेन्स चन्द्रौटा शाखाले सिटिजन सुरक्षा बिमा अन्तर्गत मृत्यु दावी भुक्तानी बापत रु ११०,०००/- भुक्तानी गरेको छ।
सहज बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी चन्द्रौटा शाखाको सम्झौता अनुसार बिमित लिला सोमैको रु १००,०००/- को ऋणको बिमा भएको सहकारीका व्यवस्थापक कल्लु चौधरी ज्युले बताउनु भयो।
वडा नं २ का अध्यक्ष राम बहादुर चौधरी ज्युको उपस्थितिमा
यसरी सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने यस सुरक्षा बिमा योजना बारे जितपुर एरियाका क्षेत्रीय शाखा प्रबन्धक श्री लक्ष्मन मरासिनी ज्युले बताउनु भयो । साथै सहकारीले राम्रो सहकार्य सिटिजन लाइफ संग गरेकोमा सहकारीको सदस्य समूहकी अध्यक्ष हिमा तामांग ज्युले खुसि व्यक्त गर्नु भयो ।
कार्यक्रममा सहकारीका सचिव , सिटिजन लाइफ इन्स्युरेन्स चन्द्रौटा शाखा प्रबन्धक , सहकारीका व्यवस्थापक ,सचिव र सदस्य लगायतको उपस्थितिमा जनप्रतिनिधि राम बहादुर चौधरि ज्यु र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मन मरासिनी ज्युको हात बाट बिमित लिला सोमै को हकवाला भिम बहादुर सोमैलाई चेक हस्तान्तरण भयो । ।