लायन्स,साइकिल सिटि द्धारा रक्तदान
बुटवल, १३ असोज ।
लायन्स क्लब बुटवल स्टार्स,लायन्स क्लब बुटवल डायनामिक लेडि र साइकिल सिटि बुटवलको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । सनिबार बुटवलको रक्तसंचार केन्द्रमा रक्तसंचारको प्रबिधिक सहयोग रक्तदान गरेको छ । लायन्स स्टार्स अध्यक्ष एन्जील खानले क्लबले प्रतेक ९० दिनमा रक्तदान गरीने कार्ययोजना अनुसार रक्तदान गरिएको बताए ।
रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका संयोजक डिएस भट्टराइले जानकारी दिए । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका एक्यूचिफ अर्जुनमान सैजु ले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे ।
त्यतै कार्यक्रमा साइकिल सिटि बुटवलका अध्यक्ष बिनोद जंग कार्की ,लायन्स क्लब बुटवल डायनामिक लेडि का अध्यक्ष शान्ति सेन्चुरी, एओजी आशिष कृष्ण श्रेष्ठ ,रिजन चेयरपर्सन एमएल पाण्डे लगाएत बोलेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























