दिपक खड्का । नेपालमा निकै लोकप्रिय रहेको भलिबल खेल शिवराज नगरपालिका वडा न ५ मा राइजिङ्ग स्टार युवा क्लबको आयोजनामा प्रथम पुरुस्कार १ लाख १ हजार नगद सहित भलिवल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष प्रदिप थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । चन्द्रौटा क्षेत्रमा पहिलो पटक खुला भलिवल प्रतियोगिताको आयोजना गरिएको र धेरै भन्दा टिमको सहभागिता गराउने क्लकको योजना रहेका भलिबल प्रतियोगिताका संयोजक भरत पुन (शैलेन्द्र) ले जानकारी दिए ।
भलिबल प्रतियोगिता असोज १ गते देखि ६ गते सम्म संचालन गरिने खेलमा भद्रो ३० गते सम्म टिम दर्ता हुनु पर्ने पुनले बताए । चन्द्रौटा क्षेत्रमा पहिलो पटक १५ लाख बराबरको धनराशीमा संचालन गरिने प्रतियोगिता नकआउट नियमको आधारमा संचालन हुने आयोजक क्लबले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका संयोजक पुनले राजनितिले युवहरुलाई प्रयोग मात्र गर्ने गरेकोले युवहरु निरास बन्दे गएका छन । खेलले युवाहरुलाई आर्थिकरुपमा सबल र सक्षम बनाउने बताए ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष थापाले खेललाई राजनिति भन्दा टाडा राखिनु पर्ने बताए । स्थानिय क्षेत्र वाट यहाँ उत्पादन भएका खेलाडीहरुले सहयोग नपाएकाले अन्य जिल्लमा गई खेल्नु पर्ने बाध्यता भएकोले यस प्रतियोगिता वाट सकारत्मक संदेश दिन खोजिएको बताए । कार्यक्रम संचालनको विषयमा सम्बन्धित निकायहरु संग छलफल समेत भई रहेको उनले बताए ।
भलिबल प्रतियोगिता पुरुष र महिला दुबै खेल हुने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितमा ४० टिमको सहभागिता रहने र प्रथम द्धितिय तृतिय र सान्तवना पुरस्कार सहित मेडल तथा प्रमाण पत्रको व्यवस्था समेत भएको बताए । कार्यक्रम अरुण सेनको संचालन,शिद्धिमान जि.सीको स्वागत शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्बासेको प्रमुख आतिथ्यता र प्रदिप थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।