काठमाडौं– गरिमा विकास बैंकले आउँदै गरेको नेपाली नारीको हरितालिका तिज पर्वलाई लक्षित गरी ‘गरिमा तिजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
टिकटक प्रतियोगितामा नेपालभित्र रहेका सबै दिदीबहिनीले भाग लिन सक्ने बैंकले बताएको छ । प्रतियोगीले तिज पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । पर्वको मर्मविपरीत बनेका वाउ उच्छृंखल भिडियोलाई विजेताको रूपमा छनोट गरिने छैन । प्रतियोगिताका विजेताले ९ हजार, उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ जित्न सक्ने बैंकले जानकारी दिएको छ ।
राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार रुपैयाँ जित्न सक्नेछ । विजेता घोषणा भिडियोमा आउने लाइकको आधारमा हुनेछ । बैंकले १० भदौदेखि २४ भदौसम्मको समयभित्र टिकटक प्रतियोगीले भिडियो पठाउनुपर्ने समयसीमा तोकेको छ ।