Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

एमालेतिर खुले विष्णु पन्थी माधव नेपाल कपिलवस्तुमा शून्य ।


एमालेतिर खुले विष्णु पन्थी माधव नेपाल कपिलवस्तुमा शून्य ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले माधवकुमार नेपाल नेतृत्वको पार्टीको प्रभाव साविक लुम्बिनी अञ्चलमा शून्य रहेको टिप्पणी गरेका छन् । एमाले भित्र माधव पक्षधर रहेका पन्थीले जिल्लाको बुद्धभूमि नगरपालिकामा आयोजित एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

एमाले फुटिसकेपछि कतै नखुलेका पन्थी शनिबारबाट एमाले तिर खुलेका छन् । लामो समय देखि उनी माधव पक्षमा थिए । एमालेका युवा माझ सम्बोधन गर्दै उनले माधव नेपालले नयाँ पार्टी गठन गरेर गल्ति गरेको पनि बताए । पार्टी भित्र लामो समय देखि विवाद रहेको उल्लेख गर्दै त्यो विवाद एमाले फुटाउन नभई बनाउन भएर उनको तर्क थियो ।

‘एमाले भित्र विवाद भएकै हो । त्यो विवाद पक्कै एमाले फुटाउन नभई मिलाउन थियो उनले भने, नेपालले पार्टी फुटालेर गल्ति गर्नुभयो । लुम्बिनीमा नेपालको पार्टी शून्य स्थितिमा हुने छ । एमालेलाई खासै फरक पर्दैन् ।’

सांसद पन्थीले यो भनिरहदा एमाले कार्यकर्ताले ताली बजाएर समर्थन गरेका थिए ।

अझै कतिपय कार्यकर्ता अलमलमा परेको भन्दै उनले आफ्नो गल्ती स्विकार गरेर एमाले फर्कन सुझाए । ‘कतिपय कार्यकर्ता अझै भ्रममा छन् । उनीहरु भ्रममा पर्न हुँदैन् उनले भने, गल्ती रियलाइजेशन गरेर एमालेमा फर्कनुको विकल्प छैन् ।’

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पन्थी कपिलवस्तु अध्यक्ष बनेका थिए । पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा भित्र फुट देखा परेको थियो । पार्टी फुटे पछि दाहाल–नेपालले पन्थीलाई नेकपा कपिलवस्तुको अध्यक्ष बनाएका थिए । यद्यपि फाल्गुण २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि पन्थी एमालेमै थिए ।

एमाले भित्र चुलिएको विवादमा पन्थी अन्तिमसम्म माधव पक्षमै थिए । तर, माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेसंगै यो समूहका युवा नेता एमाले तिर लागेका थिए । घनश्याम भुसाल निकट भनेर चिनिएका पन्थी भुसालले एमाले रोजेपछि उनीसंगै रहेका हुन् ।

०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा पन्थी नेकपा (माले) तिर लागेका थिए । एमाले र माले एकता पश्चात पन्थी एमाले राजनीतिमा लेखा आयोग सदस्यमा रहेर काम गरेका थिए । एमाले नवौं राष्ट्रिय महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट केन्द्रीय सदस्यमा उठेका पन्थी झिनो मतले पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline