Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

माधव नेपालको दवाबमा चर्चको नियन्त्रणमा पशुपतिनाथलाई लैजाने घुमाउरो निर्णय गरिँदै ।


माधव नेपालको दवाबमा चर्चको नियन्त्रणमा पशुपतिनाथलाई लैजाने घुमाउरो निर्णय गरिँदै ।

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा रिक्त रहेको पदाधिकारी तथा सदस्य पदहरुमा इन्टरफेथ ग्रुपसँग निकटहरुलाई नियुक्त गरिने भएको छ । सो ग्रुप नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सञ्चालन गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान माधवले राख्नुभएको थियो । कोषमा रिक्त रहेका विभिन्न पदमा कांग्रेस तथा माओवादीले पनि आफ्ना मान्छे राख्न चाहेका थिए । तर, माधवले सम्पूर्ण आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान राख्नुभएको थियो । स्रोत अनुसार आज राति प्रधानमन्त्रीले माधव आवद्ध इन्टरफेथ ग्रुपको सिफारिसमा नियुक्त हुनेमा सहमति जनाउनुभएको हो ।

स्रोत अनुसार इन्टरफेथ ग्रुपले माओवादी र कांग्रेस निकटहरुलाई पनि कोषको पदाधिकारी तथा सदस्य पदमा सिफारिस गर्नेछ । इन्टरफेथ ग्रुपसँग आवद्धहरुमध्येबाट माधवकुमार नेपाल र एकनाथ ढकालले कोषमा नियुक्त गरिने सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसक्नभएको छ । मन्त्रीमण्डलले उनीहरुलाई चाँडै नियुक्त गर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर तथा त्यससँग सम्बन्धित सम्पूर्ण काम कारवाहीमा निर्णय लिन्छ । पशुपति मन्दिर सञ्चालन, पशुपति क्षेत्रमा हुने जात्रा पर्व, पूजा तथा सम्पूर्ण धार्मिक कामको व्यवस्थापन, परिचालन तथा निर्णय कोषले गर्छ । त्यसैगरी पशुपति क्षेत्रको विकास निर्माण गर्ने, पशुपतिनाथको प्रचारप्रसार तथा त्यस क्षेत्रको धार्मिक गरिमा उच्च बनाउने जिम्मेवारी पनि कोषसँग हुन्छ ।

के हो इन्टरफेथ ग्रुप ?

इन्टरफेथ ग्रुप दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आवद्ध समूह हो । यो समूहमा विभिन्न धर्मावलम्बी तथा पार्टीसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । विभिन्न धर्मका गुरुहरु पनि इन्टरफेथ ग्रुपमा आवद्ध छन् । मूलत यो ग्रुपले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्ने काममा योगदान गर्दै आएको छ ।

कोरियाको युनिफिकेसन चर्चले नेपालमा राजनीतिक पार्टी पनि चलाएको छ । परिवार दल नामबाट सञ्चालित पार्टीले पहिलो संविधानसभामा समानुपातिकमा एक सिट र दोस्रो संविधानसभामा दुई सिट पाएको थियो । यो पार्टीका अध्यक्ष एकनाथ ढकाल हुनुहुन्छ । युनिफिकेसन चर्चको अन्तराष्ट्रिय सञ्चालक समितिमा समेत एकनाथ रहनुभएको छ । नेपालमा युनिफिकेसन चर्चको सम्पूर्ण काम एकनाथले हेर्दै आउनुभएको छ ।

युनिफिकेसन चर्च मार्फत् नै नेपालमा इन्टरफेथ ग्रुप सञ्चालन हुँदै आएको छ । इन्टरफेथ ग्रुपका मुख्य नेतृत्वकर्ता तथा संरक्षकका रुपमा माधवकुमार नेपाल रहँदै आउनुभएको छ ।

युनिफिकेसन चर्चको विश्वव्यापी संगठन छ । सो संगठनको काममा माधवकुमार नेपालले ३० वटाभन्दा धेरै देशको भ्रमण गरिसक्नुभएको छ । केही महिना अघि युनिफिकेसन चर्चले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गरेको थियो । सो कार्यक्रममा होली वाइन पिएको भनी माधव नेपालको आलोचना भएको थियो ।

पशुपति नाथ नै किन ?

एकनाथ ढकालको नेतृत्व र माधवकुमार नेपालको संरक्षकत्वमा रहेको युनिफिकेसन चर्चले नेपालमा दर्जनौं संस्था चलाउँदै आएको छ । जानकारहरुका अनुसार विभिन्न संस्थाका साथै लुज नेटवर्कहरु पनि युनिफिकेसन चर्चले चलाउँदै आएको छ ।

इन्टरफेथ ग्रुप पनि लुज नेटवर्ककका रुपमा सञ्चालन हुँदै आएको छ । यो संस्थामा हिन्दू, मुस्लिम, बौद्ध धर्मका गुरुहरु पनि संलग्न छन् । त्यसरी संलग्न हुनेहरुलाई वर्षेनी दक्षिण कोरिया सहित विभिन्न देश भ्रमण गराइने गरेको छ । एकनाथ ढकाल र माधव नेपालको समूहले विभिन्न धर्म बीच समन्वय गराउने नाममा इन्टरफेथ ग्रुप चलाउँदै आउनुभएको छ । बाह्य रुपमा धर्म समन्वय र धार्मिक सद्भाव भनिए पनि इन्टरफेथ ग्रुपको मुख्य उद्देश्य युनिफिकेशन चर्चको संगठन विस्तार गर्ने रहँदै आएको छ ।

युनिफिकेसन चर्चले परम्परागत र चलनचल्तीका चर्चहरुको शैलीमा धर्म प्रचार गर्ने गरेको छैन । यसले अत्यन्त फरक शैली अपनाउँदै आएको छ । यसले विभिन्न देशका मानिसबीच विवाह गराउने भन्दै गरिबगुरुवा युवाहरुलाई लोभ्याउँदै चर्चमा सदस्य बन्न लगाउने गरेको छ । युनिफिकेसन चर्चको नेपाल प्रमुख एकनाथ ढकाल आफैंले पनि चर्च मार्फत् फिलिपिन्सकी महिलासँग विवाह गर्नुभएको छ । एकनाथ र उहाँकी पत्नी ब्लेसी ढकाल दुवैजना युनिफिकेसन चर्चको संगठन विस्तारमा संलग्न हुनुहुन्छ । एकनाथ विगतमा युनिफिकेसन चर्चले खोलेको परिवार दलको सांसद् बनेर मन्त्री समेत बन्नुभएको थियो ।

युनिफिकेसन चर्चले अन्य धर्मको विरोध नगरी सुक्ष्म रुपमा युनिफिकेसन चर्चको संगठन विस्तार गर्दै आएको छ । यसका लागि विभिन्न धर्मका अगुवाहरुलाई युनिफिकेसन चर्चले हात लिने गरेको छ । इन्टरफेथ ग्रुपलाई विभिन्न धर्मका गुरुहरुलाई युनिफिकेसन चर्चको समर्थक बनाउन प्रयोग गरिँदै आएको छ ।

नेपालको मात्र नभएर विश्वभरीकै हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथसँग सम्वद्ध पशुपति क्षेत्र विकास कोषको पदाधिकारी तथा सदस्यहरु इन्टरफेथ ग्रुपसँग सम्वद्ध तथा त्यो ग्रुपप्रति सहानुभुति राख्नेहरुलाई नियुक्त गर्नु युनिफिकेसन चर्चको ठूलो सफलता हुनेछ । यही कारण नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान खोज्नुभएको बुझिन्छ ।

इन्टरफेथ ग्रुपको नियन्त्रणमा पशुपति क्षेत्र विकास कोष जानुको अर्थ चर्चको नियन्त्रणमा पशुपतिनाथलाई लैजानु हो भन्ने प्रष्ट छ ।

कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान माधवकुमारले देउवा र प्रचण्डसँग कडा अडान लिनुभएको स्रोतको भनाई छ । माधवको नवगठित समाजवादी पार्टीमा एकनाथ ढकालको ठूलो मेहेनत र लगानी परेको तथ्य पनि सार्वजनिक भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline