कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।
त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेकाे ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।
पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताकाे दरले शेयर वितरण हुनेछ । त्यस अनुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाउनेछन् । माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतले शेयर नपाउने देखिन्छ ।
लगानीकर्ताहरुले आईपीओको नतिजा हेर्न आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सक्नेछन्।
आईपीओ बाँडफाँडपश्चात बिभिन्न तरिकाबाट आईपीओ परेकाे वा नपरेकाे हेर्न सकिनेछ । जसका लागि बाँडफाँडपछि iporesult.cdsc.com.np का साथै meroshare.cdsc.com.np बाट पनि हेर्न सकिनेछ ।
त्यस्तै छिटाे नतिजा थाहा पाउनकाे लागि iporesult.nsmbl.com.np, manushilbs.com र nsbl.statebank बाट समेत हेर्न सकिनेछ ।