जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।
आफू आवद्ध जनता समाजवादी पार्टीको पनि समर्थन पाएका देउवाले अध्यादेश ल्याएपछि डा. भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गए पनि ओली प्रवृत्ति कायमै रहनु दु:खद भनेका छन्।
उवामा पनि ओली प्रवृत्ति देखिनु लोकतन्त्रका निम्ति चिन्ताको विषय भएको प्रतिक्रिया भट्टराईले दिएका छन्। उनले देउवाप्रति लक्षित गर्दै संसद अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको टिप्पणी पनि गरेका छन्।
ओली गएपनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो। जसले गरे पनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो’, उनले भनेका छन्, ‘अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो। गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस्।’