Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रोटरीद्वारा चन्द्रौटाका दुई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


रोटरीद्वारा चन्द्रौटाका दुई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चन्द्रौटा(कपिलवस्तु), १२ असार ।रोटरी क्लब अफ कपिलवस्तुले चन्द्रौटाका दुई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । क्लबले नियमित बैठकका क्रममा चन्द्रौटास्थित शिवराज आधारभूत स्वास्थ्य अस्पताल र संजिवनी सामुदायिक अस्पताललाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।
रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट विष्णु प्रसाद भट्टराई र शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईको हातबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो । कार्यक्रमका बीच शिवराज आधारभूत अस्पतालका डा. महेश गुप्ता र संजीवनी सामुदायिक अस्पतालका डाक्टर घनश्याम पाण्डेले कन्सन्ट्रेटर ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमका बीच शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले सहयोगीदाताप्रति आभार प्रकट गर्दै यसले कोरोना संक्रमितका लागि ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अक्सिजन कन्सन्ट्रेटरको महत्वबारे दर्शाउँदै स्वास्थ्य शाखा प्रमुख भट्टराईले शिवराज आधारभूत स्वास्थ्य अस्पतालमा यो समेत गरी अहिले ८ ओटा अक्सिजन कन्सन्ट्रेटर रहेको जनाउनुभयो । यस पटकको लकडाउनमा विभिन्न ठाउँमा अक्सिजनको अभाव भइरहेको बेला पनि शिवराज आधारभूत स्वास्थ्य अस्पताल र संजीवनी सामुदायिक अस्पतालमा अक्सिजनको अभाव हुन नदिन चेम्बर महासंघका केन्द्रिय सदस्य तथा चेम्बर कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलको ठूलो योगदान रहेको चर्चा समेत गर्नुभयो । आगामी दिनमा अक्सिजनको अभावले कुनै पनि विरामीको अकालमै ज्यान जान नदिन पूर्व तयारीमा जुटेको समेत भट्टराईले जानकारी गराउनुभयो । साथै सबैको सहयोग र सहकार्यको खाँचो रहेको समेत अपेक्षा व्यक्त गर्नुभयो ।

यता चेम्बर महासंघका केन्द्रिय सदस्य एवं चेम्बर अफ कपिलवस्तुका अध्यक्ष तथा रोटरी क्लब अफ कपिलवस्तुका पास्ट प्रेसिडेन्ट महादेव पोखरेलले कोभिड महामारीका बेला आफू र आफ्नो संस्थाले अक्सिजन अभाव हुन नदिन भरपूर कोसिस गरेको औल्याउँदै तेस्रो भेरियन्टको कोरोना आउनुभन्दा पहिलो पूर्व तयारीका लागि रोटरीको पहलमा अक्सिजन कन्सन्ट्रेटर ल्याउन पहल गरिएको बतााउनुभयो । रोटरीले विश्वमा पोलियो उन्मूलनमा अग्रणी भूमिका खेलेको औल्याउँदै पोखरेलले कोभिड १९ को रोकथामका लागि पनि रोटरी अग्रसर रहेको बताउनुभयो ।  रोटरी अध्यक्ष विष्णु प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा रोटरी पाष्ट प्रेसिडेन्ट तोयानाथ गैरेले स्वागत र नोमिनी प्रेसिडेन्ट हेमराज शर्माले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline