Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटा खानेपानीमा सधै समस्या उपभोक्ताको बेहाल ।


दुई वर्ष पहिला इलाका प्रशासन कार्यालयमा चन्द्रौटाका उपभोक्ताहरुको उजुरीको आधारमा चन्द्रौटा खाने पानीलाई  एक महिना भित्र साधारणसभा गरी लेखा प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको पनि दुई वर्ष  बिति सक्दा पनि चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अधिवेशन हुन नसेकेको गुनासो नेत्र बेल्वासेले  गरे ।

उपभोक्ताले मासिक रुपमा बिल तिर्दै आएको तर कुनै निकाय वाट सुनाइ नभएको दुख प्रकट गरे नजिकको सरकारको रुपमा रहेको स्थानिय सरकारले पनि पटक,पटक चेतावनी दिदा समेत खाने पानी उपभोक्ता समितिले काममा गति लिन नसकेको   बेल्वासेले बताए । संस्थाको विधानमा शुद्ध खानेपानी उपलब्ध गराउने उदेश्य रहेता पनी हालसम्म बितरित पानी ढुक्कसँग पिउन नसकिने खालको भएको र नुहाउन समेत योग्य नभए पनि  चर्को महसुल तिर्दै आएको बताए ।

खानेपानी आयोजना सम्पन्न गर्नका लागि २५ प्रतिशत नगर विकास कोषको ऋण, ५ प्रतिशत उपभोक्ता र साना शहरी खानेपानी तथा सरसफाई आयोजनको लगानी रहेको आयोजनाको कागज पत्र अखतियारले लगेको संस्थाका कोषाध्यक्ष ओम बहादुर सिंजाली बताए । उपभोक्ताले शुद्ध खाने पानी पिउना नपाएको तर खानेपानी निर्माण कार्यको जिम्मा पाएको चन्द्र एण्ड वसन्त नेपाल आर्दश जे.भी कम्पनीलाई १६ करोड भुक्तानी भएको सिंजाली बताए ।

संस्था गठन भएको ८ वर्ष बित्दा पनि चन्द्रौटा क्षेत्रका वासिन्दाको शुद्ध पिउने पानीको उपभोग गर्ने विषय दिवा सपना भएको उभोक्ता उमा अधिकारीले बताईन् । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रका बासिन्दाहरु लामो समयसम्म पानीको अभाव झेल्दै आएकोमा वि.सं.२०७१ सालमा चन्द्रौटा क्षेत्र भित्र रहेका घर परिवारलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्धेश्यका साथ संस्था गठन गरे पनि उद्धेश्य अनुसार काम गर्न नसकेको उपभोक्ताहरुले आरोप लगाएका छन ।

संस्था गठन भएको  ८ वर्ष बित्दा पनि आपसी खिचातानीले यस क्षेत्रका वासिन्दा यसको मारमा परेको‍‍‍‍  विष्णु आचार्यले बताए । संस्थाको गतिविधि संचालन गर्दा आर्थिकरुपमा पारदर्शिता नहुँदा समय समयमा विवाद आउने गरेको उपभोक्ताहरुले गम्भिर आरोप लगाएका छन । विगतका वर्ष धारमा धमिलो र माटो मिसिएको पानी आइरहेको र हाल ५ दिनदेखि पानीको थोपो नआएको  सशस्त्र चोकका  उपभोक्ताहरुले पटक,पटक संस्थामा  गुनासो गर्दे आएपनि कुनै सुनवाइ नभएको बताएका छन । खानेपानीको आयोजना सम्पन्न भएपनि पानीको गुणस्तरिय काम नभएको विषयमा कुरा उठाउदै आएका छन ।

कुनै पनि कामको जानकारी उपभोक्ताहरुलाई नहुने आफनो अनुकुल समितिले काम गर्ने कुनै जानकारी उपभोक्ताहरुलाई नदिने आयव्यय सार्वजनिक नगर्ने यस विषयमा पटक पटक व्यवस्थापन पक्षसंग कुरा राख्दा कुनै सुनवाई नभएको मानव अधिकार प्रतिष्टानका अध्यक्ष बिष्णु खतिवडाले बताए ।

वि.सं. २०७१ सालमा चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । संस्था गठन भएको ८ वर्ष बिति सक्यो अहिले सम्म साधारणसभा र अधिवेशन समेतहुन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दर्ता हुँदा तदर्थ सदस्यका रुपमा चयन भएका व्यक्तिहरुले लामो समय सम्म संस्थाको अधिवेशन र आय व्यय तथा संस्था नविकरणको विषयमा लिखित उजुरी दिए पनि  कुनै प्रक्रिया अगाडी नबढेको खतिवडाले बताए ।

संस्थाले बनाएको विधानमा प्रत्येक वर्ष साधारणसभा र वार्षिक कार्ययोजना बनाई साधारण सभामा पेश गर्नु पर्ने प्रावधान रहेको छ । विधानले कार्यसमितिको अधिवेशन प्रत्येक ४ वर्षमा हुने उल्लेख भएपनि शुरुवातका पदाअधिकारी हाल सम्म काम गरि रहेका छन । संस्थाले विधानमा १०२८ घरधुरी, उपभोक्ता ७५२१ र वडा न ६, ८, १० लाई आफनो कार्यक्षेत्र रहेको विधानमा स्पष्ट लेखेको छ । संस्थाले वि.स २०७७ असार महिना सम्म १३६४ धारा जडान भइ सकेको र १३६ धारा जडान गर्न बाँकी रहेको छ ।

चन्द्रौटा खाने पानीले एक धण्टामा १ लाख ५० हजार लिटर पानी खपत हुने गरेको उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष मोहमद तौफिक खाँ बताए । संस्थाको विधानले ४ वर्षमा अधिवेशन गर्नु पर्ने प्रावधान राखेको तर विधान अनुसार कुनैपनि काम कारवाही नभएको र आफुलाई कसैले सहयोग नगरेकोले  पदवाट राजिनामा दिने अध्यक्ष खाँले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline