सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारेको जानकारी दिएका हुन्। पौडेलले अब जेष्ठ नागरिकले प्रतिमहिना ४ हजार भत्ता पाउने पनि जानकारी दिएका छन्। सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ। चालु आर्थिक वर्षमा यो बजेट ७३ अर्ब ८१ करोड रुपैयाँ थियो।