Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोभ्याक्सले नेपाललाई भन्यो- कोभिसिल्डको विकल्प खोज्नू ।


काठमाडौं- भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ।

कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो।  कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो।

कोभ्याक्सले  सुरुवातमा सबै कोभिसिल्ड खोप नै दिने भनेको भएपनि सेरमले तत्काल खोप उपलव्ध गराउन नसकिने भनेसँगै उसले विकल्प माग गरेको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेलले भने,‘सेरमले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले त्यसको विकल्पमा कुन खोप नेपालका लागि उपयुक्त हुन्छ भनेर सोधेको छ। हाम्रो खोप सल्लाहकार समितिले त्यस विषयमा छलफल गरिरहेको छ। जुन १ सम्म हामीले त्यसको जवाफ पठाउने छौँ।’

कोभ्याक्सले नेपाललाई कोभिसिल्ड बाहेक कुन खोप उपयुक्त हुन्छ भनेर सोधेकोले त्यसबारे सरकारले निणर्य गर्ने उनले बताए। उनले कोभ्याक्सले कोभिसिल्ड खोप उपलब्ध गराएका सबै देशहरुलाई नयाँ खोपको विकल्पमा माग गरेको जानकारी दिए। नेपालमा औषधि व्यवस्था विभागले कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ।

स्वास्थ्य सेवा विभागले  कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोडर्ना, जोन्सन एण्ड जोन्सन कम्पनी पत्राचार गरेको थियो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरीकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप  पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।

यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको र आवश्यक छलफल गरिने जवाफ दिएको डा सिंहको भनाइ छ। यी दुई कम्पनीले आधिकारीक एजेन्ट मार्फत खोप दिने विषय पनि पत्रमा लेखेका छन्। जोन्सनले सरकारसँग छलफल गर्न प्रतिनिधि पठाउने विषय पनि इमेलमा लेखेकाे छ। तर, अमेरिकाको मोडर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा पनि भेटियो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline