भगवति पौडेल,शिवराज,चन्द्रौट ।
विचित्र धर्ती विचित्र मान्छे अनौठो संसार ।
ती मान्छे सबै मिलेर बन्ने जीवनको आधार ।
भरोसा हुन्न मान्छेको चोला कहिले सकिन्छ ।
पानीको माथि लेखेको नाम जसरि मेटिन्छ ।
लेख्द्छु आज कहाँनी मनको कलम समाई ।
पिंजडा भित्र थुनेको सुंगा के बस्थो रमाई ।
हामी थ्यौ दुई देहमा तर आत्मा एउटै थियो ।
छोडेर गयौ लौचनका तारा जीवन सुन्य भो ।
बुढा र बुढी मिलेर सानो संसार बनायौ ।
बनाई एक्लो निर्जन मलाई कुन लोक हरायौ ।
संसार भरी फैलियो काल कोरोना बनेर ।
त्यै कोरोनाले लग्यो नि मेरो मुटुनै चुडेर ।
दर्शन पाइन अन्तिम क्षणमा त्यो कस्तो दुर्भाज्ञ ।
चुडेर लयो दैवले मेरो सिंउदोको सौभाज्ञ ।
एक्लो थ्यो छोरा तैपनी थियो विदेशी भुमिमा ।
यता थ्यो उसको पिताको देह निर्जिव भुमिमा ।
आफन्त आए छिमेकी आए सन्त्वना दिलाए ।
छोडेर एक्लो अध्यारो घरमा फेरी ति विलाए ।
बनेको सुन्दर संसार हाम्रो क्षणमै भासियो ।
सुनौलो आशा भविष्य फेर्ने त्यो पनि नासीयो ।
शुन्य छ मेरो संसार आज ढुंगा झै संसार ।
समाउने हांगो टुटेर गयो क्यै छैन आधार ।
बित्दछ मेरा प्रहारहरु आशाको साथमा ।
अपुरो यात्रा लेखेछ दैव फुटेको माथमा ।
अलप भयौ हे मेर प्यारा समझना छोडेर ।
फर्केर आउ गर्द्छु बिन्ती दुई हात जोडेर ।