शिवराज नगरपालिकामा कोरोना भाईरस कोभिड १९ को नयाँ भेरियन्टले गर्दा उपचारको क्रममा शिवराज आधारभूत अस्पतालमा ४ जनाले ज्यान गुमाएको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमाको आइसोलेशन वार्डमा कार्यरत स्टाप नर्स सिन्धु जि.सीले बताइन् ।
आफुहरुले २४ घण्टा स्याहर – सुसार गरेको बिरामीहरुको निधनले धेरै दुखि बनाउने गरेको उनले बताइन् । मृत्यु भएका व्यक्तिहरुको आफन्तले शव उठाउना नमाने पछि शवलाई व्यवस्थापन देखि घाट सम्म पुर्याउनेकाम स्वास्थ्यकर्मीले गर्ने गरेको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा र आइसोलेशनका प्रमुख डा. महेश गुप्ताले बताए ।
स्वास्थ्य कर्मीको काम बिरामीको उपचारमा सहयोग गर्ने हो तर उनीहरुलाई शव व्यवस्थापनको काम गर्ननहुने शिवराज आधारभुत स्वास्थ्य अस्पतालका व्यवस्थापन समितिका सदस्यका सदस्य गोपाल बन्जाडेले कपुरी अनलाइनलाई बताए । शव व्यवस्थापनका लागि शिवराज नगरपालिकाले छुटै कर्मचारी राख्नु पर्ने विषय गम्भिर रुपले लिनु पर्ने बन्जाडेले बताए ।
आइलोशनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनमा समेत घर परिवारका सदस्यहरु र आफन्तहरु अगाडी नसरे पछि शवलाई र्यापिङ्ग गर्ने ,शव बाहनमा लोड समेत स्वास्थ्य कर्मीहरुले गर्नु परेको अहेब बसन्त देवकोटाले बताए ।
शिवराज नगरपालिकाको आइसोलेशनमा भर्ना भएकमा मध्य १४ जनाले कोरोना जिति घर फर्केका छन् । भने शिवराज नगरपालिका भित्र अहिले सम्म संक्रमितहरुको अन्टिजेन र पिसिआर गरिएको संख्या ५७५ रहेको छ ।
कोरोना भई निको भएको संख्या १२८ जना रहेको र हाल सक्रिय संक्रमित ४३० जना रहेका छन् । जिल्ला बाहिरा उपचार भई रहेका ७ जना शिवराजको आइसोलेशनमा उपचारत ४ जना होम आइसोलेशनमा ४२० रहेको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।
आइसोलेशनमा मृत्यु भएका ४ जना र शिवराज नगरपालिका भित्र मृत्यु भएका व्यक्तिहरुको संख्या १७ रहेको भट्टराईले बताए । शिवराज आइसोलेशनमा अहेब प्रमोद पौडेल स्टप नर्सहरु कल्पना वि.क. सर्जिला पुनले सेवा दिइरहेका छन् ।