भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले आज सार्वजनिक गरेको हो ।
भारतीय सञ्चार माध्ययमका अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले कोभिड १९ विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका हुन्। भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि विकास गरेको हो ।
धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधिले भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको वृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताईएको छ । यसले कोरोना लागेका व्यक्ति छिटो निको हुने र अक्सिजनमा भर पर्नु पर्ने अवास्थ्को अन्त्य गर्ने पनि बताईएको छ ।
भारतीय सञ्चार माध्ययमका अनुसार दोस्रो लहरबाट प्रभावित बनेको भारतमा कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ ।