चन्द्रौटा, संजिव गहतराज । कपिलवस्तुको बालहंस सांगबेद सस्कृत पाठशाला खरेन्द्रपुरमा जनउत्थान सामुदायिक लघुवित्तिय वितीय संस्था लि.को ११ औ वार्षिक उत्सवको अवशरमा सरसफाई तथा डस्टबीन वितरण गरेको छ ।
बुट्वल केन्द्रिय कार्यलय रहेको जनउत्थान लघुवित्तिय संस्थाले जिल्ला भित्र शिवराज गरपालिका र विजयनगर नगरपालिकामा ७० भन्दा माथी समुह गठन गरेको चन्द्रौटा शाखा प्रमुख अनिश श्रेष्ठले बताउनु भयो । संस्थाले करिब ८५० जना महिलाहरुसंग प्रत्यक्ष वित्तिय कारोवार गरिरहेको चन्द्रौटा शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा वित्तिय संस्थाहरुले आर्थिक कारोबारसंगै सरसफाई तथा डस्टबीन वितरण गर्ने जस्ता सामाजिक काममा देखाएको अग्रसरताको उच्च सम्मान गर्दै यस्ता कार्यक्रमको निरन्तरताको कामना बालहंस सांगबेद सस्कृत पाठशालाका प्रधानाध्यापक गोकुल सुवेदी , नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष स्वयता गिरी लगाएतले जोड दिनुभएको थियो ।
कर्मचारी शोभा गुरुङको स्वागतमा शुरु भएको कार्यक्रमको अध्यक्षता चन्द्रौटा शाखा प्रमुख अनिश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम संचालन कर्मचारी संगिता विश्वकर्माले गर्नुभएको थियो ।