कमल बिष्ट / कपिलवस्तु। शिवराज नगरपालिका १ नम्बर वडामा अवस्थित शिवपुर स्वास्थ्य चौकी द्वारा हात्तीपाइले रोग निवारण कार्यक्रम २०७७ अन्तरगत हात्तीपाइले रोग विरुद्ध आम औषधी सेवन वितरण कार्यक्रम एकैपटक ३ ठाउँ बाट शुरु गरेको छ ।
स्वास्थ्य चौकीको प्राङ्गणमा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, शिवराज १ का वडा अध्यक्ष जगतबहादुर जीसी र स्वस्थ्य चौकीका पूर्व ब्यवस्थापन समिति सदस्य नारायण ज्ञवाली, त्यसैगरी शिवराज १ कै उमरी चोकमा समाजसेवी तथा पूर्व ब्यवस्थापन समिति सदस्य छन्दबहादुर जीसी र बनकट्टाको सामुदायिक भवन केन्द्रमा शिवराज नगरपालिकाकी कार्यपालिका सदस्य टिका बिक लगायत स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले संयुक्त रुपमा औषधि सेवन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
शिवराज नगरपालिका १ नम्बर वडामा करीव ७ हजार नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने योजना रहेको र बिगतमा औषधी बितरण गर्ने तर नागरिकले सेवन नगरीदिदा १२ औं चरण सम्म औषधि बितरण हुदा पनि हात्तीपाइले रोग नियन्त्रणमा कपिलवस्तु लाई अपेक्षित सफलता प्राप्त नभएकाले १३ औं चरणको अभियानमा स्वास्थ्यकर्मीकै निगरानीमा औषधि सेवन गराउने योजना बनाएको छ, २१ गते बाट भने घरभेट कार्यक्रम गरी घर घरमै पुगेर औषधि खुवाउने कार्यक्रम रहेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिनुभयो ।