कमल बिष्ट कपिलवस्तु। केही दिन यता चन्द्रौटा क्षेत्रमामा निर्माण हुने भनी चर्चामा रहेको प्रदेश स्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल बन्ने कुराले थप सुनिश्चितता पाएको खबर प्राप्त भएको छ ।
कपिलवस्तु बाट निर्वाचित प्रदेश सभा सदस्य अर्जुनकुमार केसी लगायतको टोली केहीदिन यता यश क्षेत्रको विकास निर्माणका योजनाहरुलाइ तिब्रता दिन संघीय सरकारका सम्बन्धित मन्त्री, मन्त्रालय र प्रधानमन्त्री लाई समेत भेटेर निरन्तर तदारुकता देखाएपछि अन्ततः चन्द्रौटा बजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गा अस्पताल निर्माणका लागि उपलब्ध गराउने गरि मन्त्रीपरिषदको बैठकले निर्णय गरेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य केसीले जानकारी दिनुभयो ।
आफुहरुको निरन्तरको पहल र तदारुकताका कारण अन्ततः नेपाल सरकारले हामीले माग गरेबमोजिम काे ९ बिगाहा वन क्षेत्रकाे जग्गा उपलब्ध गराउने निर्णय गरेकाे छ, यो संगै यश प्रदेश स्तरीय सुबिधासम्पन्न अस्पताल बन्ने कुराले पनि टुंगो लागेको छ, याे हाम्रो लागि ठूलाे उपलब्धि हाे यसले स्वास्थ्य सेवाका हिसाबले आम नागरिकले गुणस्तरीय सेवा सुबिधा लिन पाउने छन, यश क्षेत्रमा स्वास्थ्य सेवाको हिसाबले ठूलो महत्व राख्ने हुँदा सबैलाई बधाई छ उहाले भन्नुभयो ।
लुम्बिनी प्रदेशको एकमात्र सरुवारोग अस्पतालको रुपमा निर्माण गर्नेगरी लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेटमा प्रदेश स्तरीय सरुवारोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरीने उल्लेख गरिएको थियो । अस्पताल निर्माण ( फुल फेज) सम्पन्न हुन करीब २ अर्व लागत लाग्ने छ ।