कपिलवस्तुको शिवराज नगरपालिकामा आज देखि खेल महोत्सव सुरु भएको छ । आज एक कार्यक्रम बिच शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले खेल महोत्सव कार्यक्रमको उद्घाटन गरेका हुन ।
माघ २२ देखि सुरु भएको खेल महोत्सव ३० गते सम्म संचालन हुने शिवराज शिक्षा शाखाका प्रमुख लोकराज पन्थीले बताए । खेल महोत्सवमा प्रतियोगितामा मेयर तथा उपमेयर कप तर्फ फुटबल, क्रिक्रेट,भलिबलका किक्रट खेल हुने र उपमेयरतर्फ महिला फुटबल र कराते प्रतियोगिता ११२५ जनाको सहभागीता रहने नगर खेलकुद विकाश समितिका अध्यक्ष नेत्र प्रसाद बेल्वासे जानकारी दिए ।
खेल महोत्सवमा सबैलाई स्वागत गर्दे उपमेयर शिव कुमारी थारुले प्रत्येक वर्ष खेल प्रति सबैको चाहना बढदै गएकोले समय अनुसार खेल थप गर्दे अगाडी बढने बताइन् ।