Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कपिलवस्तुका किसानहरु डाँका र चोर महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया ।


कपिलवस्तुका किसानहरु डाँका र चोर महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया ।

चन्द्रौटा

कपिलवस्तु किसानलाई किन भुक्तानी नदिएको भन्ने प्रश्नमा महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया अनलाइनखबर सँंग खरो भाषामा प्रस्तुत भए । नेपाली कांग्रेसका तर्फबाट लुम्बनि प्रदेशको  संसदीय दलका प्रमुख सचेतक रहेका उनले कपिलवस्तुका किसानहरु डाँका र चोर हुन् भन्दै उनले काठमाडौं गएर किसानहरुले आफ्नो बेइजत गरेको आरोप लगाए ।

‘ती चोर डाँका फटाहाहरु हुन्, मैले उनीहरुलाई दिन होइन, तिनिहरुले मलाई पैसा तिर्ना बाँकी छ,’ कनौडियाले भने । किसानलाई एक रुपैयाँ पनि दिन बाँकी राखेको भए कपिलवस्तुबाट सर्लाही मिल सानै नसकिने उनको दाबी छ । किसानले उल्टै ४ करोड रुपैयाँ उद्योगलाई तिर्न बाँकी रहेको कनौडियाले दाबी गरे ।

किसान हरुलाई डाँका र चोर जस्ता शब्द प्रयोग गरे पछि उखु किसान संघर्ष समितिका संयोजक र शिवराज नगरपालिकाका वडा न ७ का अध्यक्ष अनुप कुमार चौधरीले कनौडियाले किसानहरुको ठुलो अपमान गरेको बताए । अहिले नेपाली काग्रेस सडक आन्दोलनमा गरि रहेको तर किसानको पक्षमा कहिले सडकमा नआएको र किसानको रकम नतिर्ने व्यक्तिलाई सचेतक बनाएकोमा चौधरीले दुख व्यक्त गरे ।

 

 कपिलवस्तुका  ८ हजार किसानको ७ करोड रुपैया  महालक्ष्मी सुगर मिलले  झ्वाम पारेपछि कपिलवस्तुका उखु किसानको ७ करोड रुपैयाँ बक्यौता चार वर्षदेखि नतिरेको किसानहरुको दाबी गरेका छन्  ।

सरकारले दिएको करिब अढाई करोड अनुदान र उखु बिक्री गरेवापतको साढे ४ करोड भुक्तानी नपाएको पीडित कृषकहरुले बताएका छन् । उखु किसान प्रवर्द्धन कार्यक्रमअन्तरगत सरकारले २०७२/७२ मा ८ हजार किसानका लागि प्रतिक्विन्टल २५ रुपैयाँको दरले दिएको अनुदान र सोही वर्ष बिक्री गरेको उखुको पनि भुक्तानी कृषकले नपाएको वडा अध्यक्ष चौधरीले बताए ।

सरकारले प्रति मेट्रिकटन २५ रुपैयाँका दरले २ करोड ४८ लाख अनुदान दिने निर्णय गर्‍यो, त्यो रकम लिन तत्काल कपिलवस्तु र कञ्चनपुरका किसान हिँडे । तर पछि कपिलवस्तुको रकम भने मिलले नै लगेछ,’ वडा अध्यक्ष चौधरीले भने, ‘सरकासँग माग्दा मिलले पैसा लगेको भन्छ, मिललाई सोध्दा आफूले नलिएको बताउँछ, अनुदान त खायो-खायो उखुको पैसा पनि दिएन ।’

कपिलवस्तु शिवराजका किसान रामलाल जैसवालले मिल सञ्चालकबाट आफूले साढे दुई लाख रुपैयाँ पाउन बाँकी रहेको बताए । यसमध्ये एक लाख ३० हजार रुपैयाँ सरकारी अनुदान हो । अर्का कृषक जगदम्बा चौधरीले एक लाख ७२ हजार रुपैयाँ पाएका छैनन् । पटकपटक ताकेता गर्दा पनि सरकारले उद्योगी देखाउने र उद्योगले सरकार देखाउने गरेको पीडितहरुको गुनासो छ ।

उखु प्रवर्द्धन अन्तर्गतको किसानले पाउनुपर्ने रकम अर्थमन्त्रालयले मिलको नाममा पठाइसकेको जानकारी आफूहरुलाई दिएको वडा अध्यक्ष चौधरी बताउँछन् । तर, मिल सञ्चालक वीरेन्द्र कनौडियाले भने त्यो अस्वीकार गरेको उनको भनाइ छ । कपिलवस्तुको जथावाभारीमा रहेको उक्त मिल २०७४ सालमा सर्लाहीको बगदहमा सारिएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline