कपिलवस्तु जिल्ला भित्र रहेका विभिन्न १० वटा खेलकुद संघहरु को संयुत्त आयोजनामा बैठक तथा बनभोज कार्यक्रम गरिएको छ । बुद्धभुमी नगरपालिका वडा नं २ ढकेहरीमा आयोजना गरिएको कार्यक्रम लाई जिल्ला खेलकुद विकास समिती ले समन्वय गरेका थिए ।
जिल्लामा रहेका खेलकुद संघ हरुलाई सक्रिय बनाउन एक अर्का संघका पदाधिकारी हरु विच परिचयात्मक गर्न कार्यक्रमको आयोजना गरिएको खेलकुद विकास समिती प्रमुख मिन प्रसाद पोखरेल ले बताएका छन ।
जिल्लामा शारिरीक शुगठन,व्याडमिन्टन,फुटवल ,कवडडी,उसु एथलेक्टीस लगाएतका खेलाडी हरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा नेपाल सहित आफ्नो जिल्लाको पहिचान गराएको पोखरेल ले जानकारी दिएका थिए ।
यस्तै गरि आफ्नो गाउपालिका खेल क्षेत्रमा खेलाडी हरुको दक्षता वढाउन लाखौ रुपया उपलव्ध गराउने गरेको विजयनगर गाउपाँलिका का अध्यक्ष विजय बहादुर थापाले बताए छन । खेलकुद का संघ हरु योजना बनाएर आएमा खेल क्षेत्रमा थप बजेट विनियोजन गरिने सक्ने थापाले जानकारी दिएका छन ।
कार्यक्रममा बाणगंगा नगरपालिका नगर प्रमुख उप प्रमुख ,जिल्ला समन्वय समति का सभापति नारायण खनाल तथा खेलकुद संघहरुका अध्यक्ष तथा प्रतिनीधी हरु ले शुभकामना मन्तव्य राखेका थिए कायक्रम संचालन कपिलवस्तु डोरी तान संघका अध्यक्ष मिनराज वेलवासे ले गरेका थिए ।