नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा मंगलबार सम्पन्न साधारण सभाबाट शाखाका विभिन्न सदस्यबाट प्राप्त सुझावको आधारमा शाखाले ११ बुँदे घोषणापत्र जारी गर्दै साधारण सभा सकिएको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं साधारण सभामा महासंघका पूर्व केन्द्रिय सदस्य निशा बिश्वकर्मा, पूर्व जिल्ला अध्यक्ष भेषराज पाण्डे र कार्यसमिति सदस्य खग प्रसाद चापागाई सहित ३ सदस्यीय कार्यदलद्धारा प्रस्तावित प्रस्तावहरु यस प्रकार छन् ।
१) नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले विश्वभरीनै महामारीको रुपमा फैलिएको कोभिड १९ को समयमा बिभिन्न माध्यमद्धारा सूचना संप्रेषण गर्नका लागि सम्पर्क समन्वय र सहकार्य गर्ने बिभिन्न संघ संस्था, स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु प्रति यो सभा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ ।
२)पत्रकारीताका क्षेत्रका बिभिन्न असहजताका बावजुत पनि संचार गृहको दिगो व्यवस्थापन र निरन्तरताका लागि स्थानीयतहरुसंग समन्वय र सहकार्य गर्न नेतृत्व समक्ष जोडदार माग गर्दछौ ।
३) जिल्लाका श्रमजिवी संचाकर्मीहरुको न्यूनतम पारिश्रमिक प्राप्त गरे नगरेको अनुगमन र त्यसको विवण तथ्याङ्क अध्यावधिक गर्नु पर्नेमा यो सभा जोडदार माग गर्दछ ।
४) श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्दै श्रमजिवी पत्रकारहरुलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउन सम्वद्ध पक्षसंग यो भेला जोडदार माग गर्दछ ।
५) जिल्लामा सकृय संचाकर्मी पत्रकारहरुले आफ्ना संचारमाध्यमहरुद्धारा पेशागत मर्यादा र दायित्वलाई आत्मसाथ गर्दै संचार आचारसंहिताको पालना सहित समाचार र सूचना संप्रेषण गर्न यो भेला आग्रह गर्दछ ।
६) जिल्ला संचालित संचार गृह र मिडिया हाउसको दिगो विकास, पेसागत ग्यारेन्टि र आर्थिक श्रोत र पहुंचका लागि राज्यका हरेक सूचना समानुपातिक रुपमा वितरण हुनु पर्नेमा जोडदार माग गर्दछौ ।
७) संचार माध्यमहरुमा लैििगंक, अपागतांमैत्री मर्यादित शब्द, समावेशी बातावरण तैयार गरि सहजताका साथ कार्य गर्ने वातवरण सृजना गर्नका लागि माग गर्दछौ ।
८) हाल संख्यात्मक रुपमा संचारमाध्यम पत्रकार र संचाकर्मीको विकास भईरहेको छ, त्यसैरी नै गुणात्मक क्षमता विकास र कार्ययोजना निमार्ण गर्न यो सभा माग गर्दछ ।
९) कपिलवस्तु जिल्लाका पुरातात्विक र पर्यटकिय स्थलहरुको प्रचार प्रसार र संरक्षणका लागि संचारकर्मीहरुको सहभागितामा स्थानीय तहकै कार्ययोजना आउने गरि कपिलवस्तु विकास कोष गठनका लागि यो भेला माग गर्दछ ।
१०) जिल्लाबाट संचालित अनलाईहरुलाई अनिवार्य सूचिकृत गर्ने र समाचार शैलीमा प्रकाशन र प्रशारण भएका बिज्ञापन बन्द गराउन यो भेला जोडदार माग गर्दछौ ।
११) प्रकोप, विपत र महामारीका समयमा आवश्यक पर्ने सार्बजनिक संरचनाहरु पालिका स्तरमै निमार्ण, संरक्षण र व्यपस्थापनको प्रबन्ध मिलाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउन यो समा माग गर्दछ ।