चन्द्रौटा गोपाल बन्जाडे । शिवराज नगरपालिका वडा नम्बर ५ मा संचालित आफ्नो कार्य क्षेत्रभित्र उत्कृष्ट रुपमा खाेप सेवा संचालन गर्नका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र अस्पताल ब्यबस्थापन समिति पदाधिकारी सदस्य तथा महिला स्वास्थ्य स्वयंसेवकीकाका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
साे कार्यक्रममा अस्पताल ब्यबस्थापन समिति संयाेजक तथा वडा अध्यक्ष अर्जुन बहादुर पान्डे, उपाध्यक्ष शान्ता सेन शिवराज स्वास्थ्य शाखाकी पुर्णिामा खनाल , शिवराज आधारभूत अस्पताल प्रमुख डाक्टर महेश गुप्ता , समिति सदस्यद्दय गाेपाल बन्जाडे कल्पना पान्डे , महिला स्वास्थ्य स्वयंसेवकीका तथा समिति सदस्य लक्ष्मी उपाध्यय लगायतको उपस्थिति रहेकाे थियाे ।
साे अवसरमा शिवराज नगरपालिका वडा नम्बर ५ मा चार ठाउँमा खाेप केन्द्र संचालन गर्ने तथा हरेक महिना साे ठाउँमा खाेप सेवा संचालन गर्ने निर्णय गरियाे जस अनुसार नौडिहवा सामुदायिक भवनमा , वडा नम्बर ५ काे वडा भवनमा वालापुर माेड ज्याेतिषबाजेकाे घरमा तथा आधारभूत स्वास्थ्य केन्द्र अस्पताल गरि हाललाई ४ ठाउँमा खाेप केन्द संचालन गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख तथा समितिका सचिव डा.महेश गुप्ताले जानकारी दिए ।
साे अवसरमा नेपाल सरकारले २०७८ बैशाख मसान्तभित्र नेपाललाई पुर्ण खाेप गराउने लक्ष्य लिएको हुदा साे कार्यमा सहयाेग गरि पुर्ण खाेप कार्यक्रम सफल बनाउन महिला स्वास्थय स्वंयमसेविका , स्वास्थ्यकर्मी तथा समिति सदस्य सबैले आफ्नो आफ्नो तर्फबाट सहयोग गर्न वडा अध्यक्ष तथा समिति संयाेजक अर्जुन बहादुर पान्डेले अनुराेध गरे ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाकाे तर्फबाट लक्ष्मी उपाध्यय ,राजकुमारी थारु लालुमाया पाेखरेल लगाययतले बाेल्दै महिला स्वास्थ्य स्वयंसेवीकाका गुनासा प्रति स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थिए।