Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

गृहको आदेश स्थानीय तहले मानेन २ जना कर्मचारीको जागिर चट ।


गृहको आदेश स्थानीय तहले मानेन २ जना कर्मचारीको जागिर चट ।

वीरगन्ज, १५ पुस । नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दिएको निर्देशनलाई स्थानीय जनप्रतिनिधिहरुले अटेरी गरेको कारण दुईजना करार कर्मचारीको जागिर धरापमा परेको छ ।

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको पञ्जिकरण शाखामा कार्यरत एम।एस। अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको करार म्याद नथपिएदा मर्कामा परेको बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले जबरजस्ती बैठक बसाएर ती कर्मचारीहरुको म्याद नथपिने भनेर निर्णय गरेको कारण उनीहरु मर्कामा परेको बताएका छन् ।

गाउँपालिकाको प्रशासनीक सम्पूर्ण अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई रहेपनि उनको अधिकारलाई हस्तक्षेप गर्दै गाउँपालिका अध्यक्ष कुशवाहाले आँफै राष्ट्रव्यापी खुल्ला प्रतियोगिताबाट सेवा कारारमा नियुक्त भएका ती कर्मचारीद्वयको म्याद थप नगर्ने निर्णय भएको चिठी लेखेर जानकारी गराएका छन् ।

पञ्जिकरण शाखा स्थापना रहेको गाउँपालिकाको वडा नं, ५ का वडाध्यक्षको दबाबमा गाउँपालिका अध्यक्ष कुशवाहाले आफ्नो आसेपासेका व्यक्तिलाई भर्ना गराउनका लागि पहिलादेखि कार्यरत कर्मचारीहरुको म्याद नथपेको बताइएको छ ।

गृहमन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले गत बर्ष खुल्ला प्रतियोगिताद्वारा समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरणको लागि देशभर कै ७ सय ५३ स्थानीय तहको पञ्जिकरण शाखामा एम।आई,एस। अपरेटर र फिल्ड सहायक नियुक्तिको लागि पठाएको थियो ।

त्यसै आधारमा उक्त गाउँपालिकामा काम गर्दै आएका ति दुई कर्मचारीको २०७७/०८/०८ मा म्याद सकिएको थियो । म्याद थपको लागि २०७७/०७/२४ गते निवेदन दर्ता गराएपनि जनप्रतिनिधिको दबाबमा प्रमुख प्रशासकीय अधिकृतले म्याद थप्न नमानेपछि ति कर्मचारीद्वयले गृह मन्त्रालयबाट म्याद थप गर्न भनेर निर्देशन सहितको पत्र लिएर गाउँपालिकालाई जानकारी गराएका थिए ।

गृह मन्त्रालयको पञ्जिकरण विभागले मिति २०७७ पुस १२ गते च.न. १३१२ को पत्रमा गाउँपालिकालाई पत्रचार नै गरि राष्ट्रव्यापरी खुल्ला प्रतियोगिताबाट सेवा कारारमा नियुक्त भएका एम,आई,एस, अपरेटर र फिल्ड सहायकको म्याद थप गर्न निर्देशन दिएपनि सो निर्देशन विपरित गाँपा अध्यक्ष कुशवाहाले गाउँपालिका बैठक बसाएर म्याद नथप्ने निर्णय गरेर आफू स्थानीय सरकार रहेकोले बैठकबाट जे पनि गर्न सक्ने तानाशाही मनोवृत्ति प्रस्तुत गरेका छन् ।

गाउँपालिकाले ति कर्मचारीहरुको करार म्यादलाई नथप्ने भनेर नियम विपरितको पत्र प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह लेख्न नमाने पछि गाउँपालिका अध्यक्षले आफै लेखेर पदको दुरुपयोग गरेका हुन् । गत एक महिना अघि मात्रै अध्यक्ष कुशावाहा सहितका जनप्रतिनिधिले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विपद् व्यवस्थापनको रकमबाट भत्ताको नाममा एक एक लाख रकम भागबाँडा लगाएको एक महिना नवित्दै फेरी नियम विपरित अर्को निर्णय गरेका छन् ।

अर्को तर्फ सो पत्रमा दुबै कर्मचारीको काम र प्रगति विवरण संतोषजनक नरहेको निर्णय भएकोले म्याद करार नविकरण गर्न नसकिने लेखिए पनि गाउँपालिकाको प्रशासन शाखाले नै मिति २०७७/०८/०८ मा कार्य सम्पादन संतोषजनक रहेको टिप्पणी आदेश दिएको छ । गाउँपालिकाको प्रशासन शाखाले कार्य सन्तोषजनक रहेकोले म्याद थप गर्ने भनेर आदेश दिँदादिदै अध्यक्ष कुशवाहाले आफ्नो निजी स्वार्थको लागि ति कर्मचारीहरुको म्याद थप नगर्न विभिन्न प्रपञ्च रच्दै आएका छन् ।

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले मन्त्रालयबाट आएको चिठीको आफूहरुले जवाफ दिने भनेर गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।

मन्त्रालयको आदेशलाई तपाईहरुले अटेरी किन गरेको ? भनेर बुझ्दा त्यो गाउँपालिका र मन्त्रालयबीचको कुरा हो, जे हुन्छ त्यो लेखेर हामी मन्त्रालयमा पठाई दिन्छौं, तपाईहरुलाई पारदर्शिता तरिकाले बताउन मिल्दैन भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिए ।

आफूपनि गृहमन्त्रालयमा काम गरेकोले त्यहाँबाट आएको निर्देशनको कसरी जवाफ दिने आफूलाई बताउन नपर्ने बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline