Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

थारु संस्कृति र जातीय पहिचान जोगाउन अग्रसर हुनुपर्नेमा जोड।


थारु संस्कृति र जातीय पहिचान जोगाउन अग्रसर हुनुपर्नेमा जोड।

कपिलवस्तु, ११ पुस । थारुहरुको जातीय पहिचान जोगाउन यतिबेला शिवराजका थारुहरु अग्रसर भएका छन् । पछिल्लो समय थारु जातिको भेषभुषा, संस्कृति हराउँदै जाँदा यहाँका थारु अगुवाहरु संगठित रुपमा अगाडि सरेका हुन् ।

थारु संस्कृतिको संरक्षण र जातीय पहिचान जगेर्ना गर्न धार्मिक एवं पर्यटकीय स्थल शिवराज नगरपालिका १, उमरी डाँडामा थारु संग्रहालय निर्माण हुँदैछ । संग्रहालयकै उचित रेखदेख, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा थप टेवा पु¥याउन थारु संग्रहालय संरक्षण समिति गठन गरिएको छ ।
उमरीडाँडामा बसेको थारु कल्याणकारिणी सभा शिवराज नगर समितिको वृहत भेलाबाट थाकस शिवराजका सचिव प्रकाश थारुको अध्यक्षतामा १३ सदस्यीय संग्रहालय संरक्षण समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हरिप्रसाद चौधरी, सचिवमा राम नरेश चौधरी, कोषाध्यक्षमा रेशम थारु र सहसचिवमा सुरेश चौधरी भेलाले सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा सज्जन थारु, सरिता थारु, सुरेन्द्र प्रसाद चौधरी, माधवराज थारु, शिवप्रसाद थारु, दीपा चौधरी, रामकली थारु र हरिप्रसाद थारु चयन भएको नव गठित समिति अध्यक्ष प्रकाश थारुले जानकारी दिए ।

थारु संग्रहालयको उचित विकास, संरक्षण र प्रवद्र्धनका लागि भेलाले शिवराज नगरपालिका, थारु कल्याणकारिणी सभा शिवराज नगर समिति र व्यापार संघ कपिलवस्तुलाई संरक्षकको रुपमा चयन गरेको छ । यस्तै समितिका पदाधिकारीहरुलाई आवश्यक सुझाव सल्लाहका लागि शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु, वडा नं. १ का वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्री, वडा नं. २ का वडाध्यक्ष राम बहादुर चौधरी, सीताराम चौधरी, अमृत भुसाल, पुष्पराज अधिकारी र लक्ष्मण थारुलाई सल्लाहकारको रुपमा निर्णय पारित गरेको छ ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य सुमित्रा थारुले शिवराजको उमरीडाँडामा निर्माण भएको संग्रहालय समग्र शिवराज नगरपालिकाकै गहना भएको विचार व्यक्त गरिन् । थारु संग्रहालयले थारु जातिको भेषभुषा, संस्कृतिका साथै जातीय पहिचानको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । यसका लागि पनि थारु अगुवाहरु संग्रहालयको उचित संरक्षण र प्रवद्र्धनमा अग्रसर हुनुपर्ने सुझाव दिइन् ।
थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष उमाशंकर चौधरी, जिल्ला सचिव जगतदेव थारुले समेत थारु संग्रहालयलाई सबैको आकर्षणको केन्द्रविन्दु बनाउन सबै थारुहरु अग्रसर हुनुपर्ने तर्क राखे । शिवराज नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरीले नव गठित समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिंदै थारु संग्रहालयले यस क्षेत्रकै पहिचान बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

 

वडाध्यक्ष थारुले आउने पछिल्लो पिंढीका लागि पनि आफ्नो पहिचान जोगाउन थारुहरु अग्रसर हुनुपर्नेमा जोड दिए । यता व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले नव गठित संग्रहालय संरक्षण समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै यस ठाउँमा थारु संग्रहालय स्थापनामा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको औल्याए । साथै थारु संग्रहालयको उचित संरक्षण, प्रवद्र्धन र सुन्दरीकरणका लागि आफूले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । सोही प्रसंगमा उनले यही पुस १३ गते सोमबारका दिन व्यापार संघ कपिलवस्तुद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेकाले सबैले रक्तदान गरी सहयोग पु¥याउन आग्रह गरे ।

कार्यक्रममा वडा नं. ३ का वडासदस्य श्यामलाल थारु, ज्ञानज्योति आधारभूत विद्यालयका अध्यक्ष पुष्पराज अधिकारी लगायतले धारणा राखेका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा शिवराज नगर समितिका अध्यक्ष इन्द्रबहादुर थारुले उपस्थित सबैलाई धन्याबाद ज्ञापन गर्दै थारु संग्रहालयको संरक्षण र प्रवद्र्धनका लागि सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । साथै थाकस नगर उपाध्यक्ष सुमन थारुले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline