केशव बेल्वासे, कपिलवस्तु । शिवराज नगरपालिका वडा नं ३ मा रहेको मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
आज एक कार्यक्रमको आयोजना गर्दे विद्यालयमा अध्ययन गर्ने करिव १७६ जना विद्यार्थिहरुलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर वितरण गरीएको हो । शिवराज नगरपमलिका वडा नं ३ को सामाजिक विकास खर्च अन्तरगत शिवराज नगरपालिका वडा नं ३ भित्रका ६ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्यान गर्ने कक्षा ५ सम्मका ८६१ जना बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर वितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।
जस्मा आज मदरसा दारुल उलुम कटुवामा वितरण गरीएको अध्यक्ष सापकोटाले बताउनु भयो । चिसो मौसम बढ्दो रहेको र विपन्न समुदायका बालबालिकाहरुलाई चिसोले असर नगरोस भन्ने उद्देश्यले उक्त कपडा वितरण गरिएको वडा अध्यक्ष सापकोटाले बताउनु भयो । विद्यायलको विकासमा आफु निरन्तर लागी परेको र मदरसामा अध्यान गर्ने बालबालिकाहरु पछाडि परेको बताउदै जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य, समाजसेवि, मदरसाका शिक्षक, अभिभावक लगायतको सहभागीता रहेको थियो ।