बिन्द्बबासीनी निगम कपिलवस्तु । नेपाल लगायत विश्वब्यापी रुपमामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंग्रेजी महिनाको २५ नोवम्भर देखि १० डिसेम्बर सम्म मनाउने गरिन्छ ।
नेपालमा २०५४ साल देखि लैङ्गिकका आधारमा गरिने सवै खालै हिंसा विरुद्ध अभियान संचालन गर्दै आइरहेको छ । प्रत्येक बर्ष राष्ट्रिय र अन्तरराष्ट्रिय नाराहरु तय गरी विश्वब्यापी रुपमा विभिन्न प्रकारले यो अभियान संचालन गरिन्छ । यस बर्षको राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता तथा अन्तरराष्ट्रिय नारा Orange the World : Fund, Respond, Prevent, Collect रहेको छ ।
यो कार्यक्रम महिला माथि हुने सवै प्रकारको विभेद, हिंसा अन्त्य गर्नका लागी महिला अधिकारकर्मीहरु, मानव अधिकारवादीहरु, महिला संगठन, महिला सशक्तिकरणको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु र विगतबर्ष देखि नेपाल सरकारले पनि स्थानिय तह देखि संघ सम्म विभिन्न प्रकारको सामाजिक सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ ।
१६ दिने अभियान अन्तरगत प्रत्येक दिन कुनै न कुनै दिवस परेकोले सोही सन्दर्भमा कार्यक्रमहरुको आयोजना गरी मनाइने गरिन्छ जस्तै २५ नोवम्भर अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस, २६ विश्व पर्यावरण संरक्षण दिवस, १ डिसेम्बर विश्व एड्स दिवस, २ अन्तरराष्ट्रिय दासता उन्मुलन दिवस, ३ अन्तरराष्ट्रिय अपाङ्ग दिवस, ५ अन्तरराष्ट्रिय स्वंयसेवक दिवस, ७ अन्तरराष्ट्रिय नागरिक उडडयन दिवस, ८ मर्यादित महिनवरी दिवस, ९ अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस र १० डिसेम्बरको राष्ट्रिय मानव अधिकार दिवस आदि लगायत विभिन्न दिवसहरु हिंसा विरुद्ध र सामाजिक सचेतना तथा महिला सशक्तिकरणको लागी कार्यक्रमहरु गरिन्छ । यो अभियान अरु अभियान भन्दा फरक छ र लामो समय सम्म मनाइने गरिन्छ ।
यो अभियान महिला माथि हुने सवै प्रकारको हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियान हो । यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकावाट गरिएको थियो । सन् १९८१ को नोभेम्वर २५ तारिखका दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यहि दिवसको शुरुवात पछि ल्याटिन अमेरिकी महिला कस्ता कस्ता हिंसावाट पिडित भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो ।
त्यसपछि महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनीतिक वन्दी र राजनीतिक हिंसा सम्मका वहसले स्थान पाएका थिए । नोभेम्वर २५ लाई महिला माथि हुने हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा मनाउनका पछाडि यसको छुट्टै इतिहास रहेको छ ।
यो दिवसको सन्दर्भ सन् १९९० मा डोमिनिकल गणतन्त्रमा तत्कालिन त्रुजिलो सरकारको चरम निरंकुशताको कारणले एक परिवारको तिन दिदीवहिनी राजनीतिक कार्यकर्ता ( पेट्रिया, मिनर्भा र मारिया) ले विरोध गर्दै शसक्त आन्दोलन चलाउने उद्घोष गरेको कारण पक्राउ गरी ११ महिना पछि २५ नोभेम्वरका दिन हत्या गरिएको थियो ।
जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । शिक्षित र सचेत यी दिदीवहीनी त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । तत्काल सरकारले तिनिहरुलाई र तिनका परिवारहरुलाई राष्ट्र विद्रोहको आरोप लगाएका थिए । त्रुजिलो सरकारको अन्त्य पश्चात यि दिदी वहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिइयो । सन् १९९१ मा रुत्गर्स विश्व विद्यालयको महिलाहरुको भुमण्डलीय नेतृत्व केन्द्रले प्रयोजन गरी संचालन गर्न थाले पछि यसले अन्र्तराष्ट्रिय अभियानको रुप ग्रहण गरेको हो । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष यो दिवसका लागी एउटा अन्तरराष्ट्रिय नारा तय गर्दे आएको छ ।
यस वर्ष Orange the World : Fund, Respond, Prevent, Collect भन्ने नारा तय भएको छ । र नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसका बर्षका राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता राखेको छ । महिलाहरुको आत्म सम्मान, यौनिक हिंसा, आर्थिक, सामाजिक तथा राजनितिक र मानसिक हिंसा आदिका विषयमा कुरा उठाउने गरिएको छ । नोभेम्वर २५ देखि १० डिसेम्वर, १६ दिने सम्म विभिन्न कार्यक्रमहरु गरि महिला विरुद्ध हुने हिंसा अन्त्यको अभियान संचालन गरिदै आएको छ । महिला हिंसासंग जोडिने विषय एच.आइ.भी एड्स र मानवअधिकार लगायत १६ दिन भित्रमा पार्ने विभिन्न दिवसहरु पनि हो ।
त्यसैले यस अभियान भित्र पर्ने विश्व एड्स दिवस र विश्व मानव अधिकार लगायत सवै दिवसहरु पनि मनाउदै आइरहेको छ । नेपाल सरकारले गत बर्ष देखि १६ दिने अभियान संगै जोडिएर मर्यादित महिनावरी दिवस पनि मनाएको शूरुवात भएको छ । महिनावरी महिलामा हुने प्राकृतिक र निरन्तर हुने एक प्रकृया भए पनि हाम्रो समाजमा महिनावरी भएको समयलाई अझै पनि अपवित्र अवस्थाको रुपमा लिने गरिन्छ । विशेष आराम र स्याहारसुसारको जरुरत पर्ने बेलामा झन घरायसी कार्य भन्दा बाहिराको गह्रौं कार्य र घरभन्दा असजिलो ठाउँमा बस्ने बाध्य बनाइदा धेरै महिलाहरुले ज्यान गुमाउनु पर्ने दुःखत घटनाहरु हामीले भोगिरहेका छौ । अर्को तिर महिला माथि हुने घटना प्रयाह बलात्कार तथा यौनहिंसाका घटना मिलापत्र गराउने भएको देखिन्छ ।
यस्ता घटनालाई मिलापत्र गराउन नपाउने यस बर्ष नेपाल सरकारले नयाँ अध्यादेश ल्याएको छ । सरकारले बलात्कारका घटना गाउँघरमै मिलापत्र गराउने जो कोहीलाई कडा कारवाही हुने गरी अध्यादेश ल्याएको छ । बलात्कारका घटना मिलापत्र गराउने ब्यक्तिलाई ६ महिना देखि ३ बर्षसम्म कैद, ३० हजार सम्म जरिवाना वा दुवै हुने ब्यवस्था रहेको छ । अध्यादेशमा सार्वजनिक पद धारण गरेको ब्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने ब्यवस्था रहेको छ ।
अध्यादेशमा १० बर्ष मुनि र ७० बर्ष माथिका ब्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने ब्यवस्थालाई यथावत नै राखिएको छ । यस अघि कसुरदार ज्येष्ठ नागरिक भएमा कैद मिनाहा गर्ने कानुनी ब्यवस्था परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने ब्यवस्था राखिएको छ । यस अघि महिला तथा बालिका माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ब्यक्ति भन्ने शब्द राखिएको छ । पुरुष माथि पनि बलात्कार हुने भएकोले ब्यक्ति भन्ने शब्द राखिएको छ । यस अघि १४ बर्ष देखि १६ बर्षका बालिकालाई बलात्कार गर्नेलाई १२ देखि १४ बर्ष सम्म कैदको ब्यवस्था रहेकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ बर्ष कैद गर्ने ब्यवस्था छ । अर्को १० देखि १२ बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १४ बर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ ।
१८ बर्ष भन्दा माथिकालाई बलात्कार गरेमा ७ बर्ष देखि १० बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १२ बर्ष कैद गर्ने ब्यवस्था अध्यादेशमा राखिएको छ । यो कुरा मिर्मिरेअनलाइन ७ मंसिर २०७७ मा प्रकासित बाट लिएको हो । यस बर्ष कोरोना महामारी भएको अवस्थामा पनि यो कार्यक्रम संचालन गर्ने धेरैको योजना रहेको छ । र आवश्यक पनि देखिन्छ । किन कि बन्दाबन्दीको बेलामा झन महिला माथि हिंसा बढेको छ । त्यसले गर्दा सरकारी गैर सरकारी तथा सरोकारवाला संग सम्पर्क समन्वय तथा सहकार्य गरी सभ्यता र भभ्यताको साथ भौतिक दुरी कायम गरी र अनिवार्य रुपमा मास्क तथा नेपाल सरकारको यस महामारी सम्बन्धि मापदण्ड बमोजिम कार्य राम्रो हुन्छ ।