चन्द्रौटा,कपिलवस्तु । यही मंसिर महिनाको १२ गते हुन गई रहेको व्यापार संघ कपिलवस्तुको नयाँ नेतृत्व चयनका लागि चुनावको समय तालिका र आचार संहिता जारी गरिएको निर्वाचन समितिका संयोजक शरद अधिकारीले कपुरी अनलाइनलाई बताए ।
संघको आगामी ३ वर्षीय कार्यकालको लाई नयाँ नेतृत्व चयनका लागि व्यापार संघ कपिलवस्तुको चुनावी चहलपहल बढेको व्यापारीले बताएका छन् । ३ वर्ष कार्यकालका लागि चुनावी प्रक्रियाबाट २५ सदस्य चुनिने जस्मा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष, महासचिव, सचिव ,कोषाध्यक्ष,सह-कोषाध्यक्ष सहित २१ सदस्य र अध्यक्ष वाट ४ जना सदस्य मनोनित गरिने गोपाल बन्जाडेले जानकारी दिएका छन् ।