चन्द्रौटा कपिलवस्तु। चन्द्रौटा कृष्णानगर अन्तर्गत संचालनमा रहेका सिमेन्ट कम्पनीहरुले एक दिनमा एउटा मात्र भ्याट बिल बनाई धैरे पटक सिमेन्ट सप्लाई गर्ने गरेको चन्द्रौटाका एक व्यापारीले नाम नखुलने सर्तमा कपुरी अनलाइनलाई जानकारी दिएका छन ।
सिमेन्ट फेक्टरीले प्रत्येक पटक १ बोरामा सिमेनेटमा ७० रुपैया भ्याट छलने गरेको र २० रुपैया मात्र व्यापारीलाई दिने गरेको उनले गुनासो गरे । चन्द्रौटा,कृष्णानगर सडक खण्डमा ८ वटा सिमेन्ट फेक्टरी संचालनमा रहे पनि केही सिमेन्ट फेक्टरी सरकारलाई कर छली छोटो समयमा बढी कमाउने धन्दामा लागेका छन् ।
एउटा भेट बिल बनाई दिनमा १० पटक भन्दा बढी चन्द्रौटा क्षेत्रमा रहेका व्यापारीहरुको गोदाममा सिमेन्ट पुग्ने गरेको उनले बताए । प्रत्येक बोरा (बैगमा) ७० रुपैया कम्पनीले कर छलदा एउटा सिमेन्ट फेक्टरीले १ दिनमा २० हजार बोरा फेक्टरी वाट बेचने गरेको रहस्य बाहिरा आएको छ ।
बिस हजार बोराको ७० रुपैयाले हिसाब गर्दा र एउटा बिजक बिल वाट सिमेन्ट सप्लाई गर्दा भेक्टरीलाई १ दिनमा ५ पटक एउटा मात्र बिजक बिल प्रयोग गर्ने गरेको र ५ लाख बढी राजेश्व छलने गरेका छन् ।
यस क्षेत्रका सिमेन्ट फेक्टरीले एक दिनमा यति धैरे पटक एउटे बिजक बिल प्रयोग गरे पनि राजेश्व कार्यालय मौन हुने विषय ठुलो चलखेल रहेको उनले बताए । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण २०५२ राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर सम्म जरिवाना गरी कसुरको मात्रा हेरी तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।