चन्द्रौटा कपिलवस्तु । सामाजिक सुरक्षा भत्ता दाेहाेराे लिने व्यक्तिलाई कारवाही गरि उपर असुल गरिने अख्तियार अनुसन्धान आयाेगले जनाएको छ । सामाजिक सुरक्षा ऐन २०७५ काे दफा १५ मा उल्लेख गरिएको छ। विदेशी सरकार वा नेपाल सरकारबाट नियमितरुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने निर्णय गरे संगै स्थानिय तहमा दोहोरो सामाजिक सुरक्षा रोक्कन सबै स्थानिय तहलाई पत्रचार गरेको छ ।
गृहअन्तर्गतको रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेत मन्त्रालयले कानुनमै भएको व्यवस्थालाई व्यवहार कार्यान्वयन गरेको बताए । ‘मन्त्रालयले नयाँ निर्णय केही गरेको छैन’ बस्नेतले भने ‘सामाजिक सुरक्षा ऐनको ब्याख्या अनुसार प्रकिया अगाडी बढाएको बताए ।
सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १५ (ग) मा ‘अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्ति’ सामाजिक सुरक्षा भत्ता नपाउने उल्लेख छ । ऐनको त्यही व्यवस्था अनुसार आफूहरूले पेन्सन पाउनेहरूको भत्ता रोक्न निर्देशन दिएको महानिर्देशक बस्नेतको भनाई रहेको छ ।
कानुनमा आर्थिकरुपमा विपन्न, अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, लोपन्मुख जातिका नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ ।
‘आर्थिक रुपले विपन्न शारीरिक वा मानसिक रुपले श्रम गर्न अशक्त भएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको व्यक्ति, जीवनयापन गर्ने कुनै आधार, आयश्रोत वा सम्पत्ति नभएको, अल्जाइमर्स, पार्किन्सस, स्पाइनल कर्ड इन्जुरी, ब्रेन ह्यामरेज, सुस्त मनस्थिति, पक्षघात, सिकलसेल एनिमिया, मानसिक अवस्था ठीक नभएका, अटिजम जस्ता रोगबाट ग्रसित भै आफ्नो हेरचाह आफै गर्न नसक्ने अवस्थामा भएका, एकल महिला लगायतलाई भत्ता दिइने’ कानुनी व्यवस्था रहेको छ ।