बिन्दवासिनी हरिजन कपिलस्तु। दलित सामाजिक बिकास केन्द्र र युनाईटेड मिसन टु नेपालको सयुंक्त साझेदारीमा संचालित हाम्रो पहँुच परियोजना अन्र्तगत यशोधारा गाउँपालिकाको ८ वटै वडामा कक्षा ६ का लागी स्वाध्ययन सामाग्री तथा कक्षा ३ का लागी अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु सामाग्री (किताब) यशोधरा गा.पा.को सहकार्यमा २७ वटा विद्यालयहरुमा हस्तान्तरण दलित सामाजिक विकास केन्द्रले गरिएको छ ।
यशोधरा गा.पा.मा रहेका ३ वटा मा.वि., ५ वटा निमावि, १४ वटा प्रावि र मदरसा लगायत जम्मा २७ वटा बिद्यालयमा कक्षा ३ को ६७० जना र कक्षा ६ को ४०८ जना बालबालिका गरी जम्मा १०७८ जनालाई एक एक वटा बैकल्पिक शिक्षाका लागी स्वाध्ययन सामाग्री घरमा नै गर्न सकिने सिकाई क्रियाकलापहरु र अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरुको किताब गा.पा.का शिक्षा शाखा प्रमुख अनिल ओझाको सहकार्यमा दलित संस्थाले बितरण गरिएको हो ।
कोरोना भाइरसको प्रभावले विद्यालय बन्द रहेको बेलामा विद्यार्थीहरुले उक्त किताव बालबालिकाहरुले अभिभावकको सहयोगमा आफैले पढन लेख्न र अभ्यास गर्न सक्ने गरि पाठयक्रमको आधारमा तयार गरिएको हो । कोरोना भाइरस (कोभिड १९) महामारीको बेलामा सबै बिद्यालयहरुबन्द रहेको अवस्था छ । यस समयमा बिद्यार्थीहरु घरमा बस्दै आई रहेका छन । त्यसकारण विद्यार्थीहरुको सिकाई अभ्यास निरन्तरता र बिर्सेका कुराहरुको पुर्नताजगी र उनीहरुको पढाई नियमित रुपमा होस भन्ने उद्देश्यले यो किताब वितरण गरिएको हो जनकारी परियोजना अधिकृत राम कुमार महराले जनकारी दिनु भएको छ ।
यसको प्रयोगको बारेमा प्रत्येक विद्यालयका प्र.अ तथा शिक्षकहरुलाई यशोधरा गाउँपालिका कार्यालयको सहयोगमा महत्व तथा औचित्यको बारेमा १ दिने अभिमुखिकरण पनि संचालन गरिएको संस्थाका अध्यक्ष राम शरन रैदासले जनकारी दिनु भएको छ । साथै यस गाउँपालिकाको ५ वटा वडामा ३२ वटा गाउँमा सिकाई केन्द्र संचालन भैरहेका छ र यसको सहजीकरण गर्ने सहजकर्तालाई पनि अभिमुखिकरण गरियो छ ।
श्री अनिरुद्ध पब्लिक मा.वि.को प्र.अ.रामसेवक यादव, श्री कृष्ण धार्मिक माविको प्र.अ. रामजियावन यादव, श्री राष्ट्रिय नि.मा.विका प्र.अ शिव प्रसाद चौधरी र श्री जग्गनाथ निमाविको प्र अ. तिलक राम लोहार लगायतको प्र.अ.हरुले यो किताव वितरण गरेको धेरै राम्रो र बालबालिकाहरुको लागि धेरै सहयोगी भएको छ सवै जनाले संस्था प्रति आभार प्रकट गर्नु थियो ।