Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

जगमोहन बचाउ अभियान सबै म सहयोगको अपिल ।


जगमोहन बचाउ अभियान सबै म सहयोगको अपिल ।

चन्द्रौटा,कपिलवस्तु । घरमा बृद्ध बाबु आमा, श्रीमती र ६ वर्षीय छोरी । रोजगारीको सिलसिलामा २०१८ अप्रिलमा उनी दुबई पुगे । त्यहाँ राम्रै जागिर पाएका थिए उनले । हाँसीखुशी जीवनमा अचानक ठूलो बज्रपात आइलाग्यो ।

अहिले उनी बैशाखीको सहारामा जीवन जिउन बाध्य छन् । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ का जगमोहन बुढामगर हुन् उनी । १६ अप्रिल २०२० को दिन नियमित ड्युटीको क्रममा सिँडीबाट चिप्लिएर खुट्टा मर्कियो । सामान्य दुखाई होला भनेर आफ्नो ड्युटी निरन्तर गरिरहे उनले । दुई महिनापछि बुढामगरको खुट्टा अचानक सुन्नियो ।

खुट्टाको छाला कालो हुन थालेपछि उनी क्लिनिक हुँदै दुबईस्थित रसिद हस्पिटल जचाउन पुगे । डाक्टरहरुले हेरेपछि उनको खुट्टामा संक्रमण भएको र रगतको माध्यमबाट शरीरमा संक्रमण फैलिई बचाउन पनि असम्भव हुन सक्ने जानकारी गराए । पछि एउटा खुट्टा काटेर भएपनि बाँकी जिन्दगी जिउने आशामा उनले दाहिने खुट्टाको घुँडाबाट तल्लो भाग काटेर फाल्ने निर्णय गरे । दुबईस्थित एम.बि.एम. क्लिनिङ्ग कम्पनीमा क्लिनरको काम गरी परिवारको जीवन धानेका जगमोहन अहिले बैशाखीको सहारामा जीवन बिताउन बाध्य छन । परिवारको एकमात्र कमाउने मान्छे जगमोहन आफ्नै एउटा खुट्टाको सहारामा जिउन परेपछि परिवारमा ठूलो बज्रपात परेको छ।

हामी सबैले सकेको सहयोग गर्ने हो भने जगमोहनको पीडामा केही राहत पुग्नेछ । प्लास्टिकको नक्कली खुट्टा राख्न सकेमा उनलाई केही सहज हुने थियो । बुढामगरको जीवन रक्षाका लागि अहिले दुबई बस्दै आएका दुर्गा बहादुर सुनारको अगुवाईमा जगमोहन बचाउ आर्थिक सहयोग अभियान संचालन गरिएको छ । बुढामगरलाई नक्कली खुट्टाको लागि १८ जना सहयोगी हातहरुबाट १ हजार ७३ यूएई दिर्हाम संकलन भइसकेको सहयोग संकलन समितिका अगुवा दुर्गा सुनारले जानकारी दिएका छन् ।

जसमा विष्णुदेवी सुनार (पोखरा) बाट ५०, बुटवलका टेक वि.क.बाट ५०, जीवन बि.क. बाट ३० सहयोग प्राप्त भएको छ । यस्तै कपिलवस्तुका दिलबहादुर वि.क.बाट ५५, भिमकान्त अधिकारीबाट ५०, प्रेम सुनारबाट १००, अनिल कुमार खनालबाट ५०, वसन्त थामीबाट १०५ सहयोग प्राप्त भएको समितिका दुर्गा सुनारले जानकारी दिए । यता प्यूठानका दुजमान सुनारबाट ३०, राजन सुनारबाट ५०, काठमाडौंका कुवैर लवरले १००, झापाका सुमी गहतराज सुनारले १००, भोजपुरका नरेश राईले ५० सहयोग गरेका छन् ।

यसका साथै भवानी प्रसाद तिमिल्सिनाबाट ५०, रितु रक्षाई सुनारबाट ५०, ईश्वरी थापाबाट ५१, रितु गौतमबाट ५१ र सकुन्तला आचार्यबाट ५१ सहयोग उठेको बताइएको छ । नक्कली प्लास्टिकको खुट्टा बनाउन नेपाली १ लाख २० हजार रुपैयाँ खर्च लाग्ने हुँदा आर्थिक सहयोगको लागि समितिले हार्दिक अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline