No Result
View All Result
चन्द्रौटा(कपिलवस्तु), १० असोज । पहिरो पीडित एक होटल ब्यवसायीलाई होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले राहत बितरण गरेको छ । शिवराज १, धानखोलास्थित लम्जुङ कालिका लिजा अशोक होटललाई संघले राहत प्रदान गरेको हो ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल खत्री नेतृत्वको टोली घटनास्थल पुगी राहत स्वरुप खाद्यान्न प्रदान गरेको हो । राहत बितरणमा संघका वरिष्ठ लेखनाथ, उपाध्यक्ष रेशम ढकाल, सचिव शिवराज सापकोटा, सचिवालय सदस्य बबिता बिष्ट लगायत सम्पूर्ण पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अबिरल झरीसँगै पहाडबाट पहिरो खसेर घर पुरिएको पीडित अशोक राउतले जानकारी दिए । पहिरोले घरभित्रको धनमाल नोक्सान भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । अहिले पनि घरभित्र माटोको लेदो भरिएको छ । घरभित्र बस्न सक्ने अवस्था नभएको होटल संचालक राउतले दुखेसो पोखे ।

No Result
View All Result