चन्द्रौटा । शिवराज नगरपालिकाको वडा न ५ मा वडा सचिव र कम्पुटर अपरेटरका लागि ३ दिने तालिम समापन्न भएको छ । राष्टिय परिचय पत्र तथा पञ्जीकरण विभागले संचालन गर्दे आएको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्दिढीकरण आयोजना अन्तर्गत ३ दिने तालिम संचालन गरिएको हो ।
व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि तालिम संचालन गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख बोधराज भुसालले बताए । तालिममा ११ वटा वडाका २२ जनाको सहभागीता रहेको तालिमको संयोजक भावना पौडेलले बताइन् । तालिम समापन्न समारोहका प्रमुख अतिथि शिवकुमारी चौधरीले तालिममा सिखेको विषय वस्तुलाई व्यवहारमा उतारनु पर्ने बताईन् ।
थारुले विभागले पेपर लेस र डिजिटाईजेसन अभियान अन्तरगत संचालन गरेको कार्यक्रमले सेवाग्राहीलाई छिटो छरितो सेवा दिने कुरामा आफु ढुक्क भएको बताईन् । अध्यक्षताको आसन वाट बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले सबैकाम अनलाई वाट संचालन हुने भएकोले सुशासन,पारर्दशिता र जवाफदेहिता बढेको र व्यक्तिगत विवरण सुरक्षित हुने बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई बैक मार्फत गर्दा सहि व्यक्तिले रकम प्राप्त गर्ने बताए । अधिकारीले सामाजिक सुरक्षा कार्यक्रम बारे अभिमुखिकरण प्रत्येक वडामा संचालन गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रम नगर प्रमुख नेत्रराज अधिकारीको अध्यक्षता शिव कुमारी चौधरीको प्रमुख आतिथ्यिता र भावना पौडेलको संचालनमा सम्पन्न भएको थियो ।