कपिलवस्तु चन्द्रौटा । अर्घाखाँची जिल्ला जुकेना गा.वि.स. वडा नं.–५, मा बुवा यमलाल पौडेल र माता झबिकला पौडेलको तेस्रो पुत्रको रुपमा २०२० सालमा जन्मनु भएका स्वर्गिय टिकाराम पौडेल बाल्यकालमै परिवार संगै मावली गाऊ सिद्धारामा बसाई–सराई गर्नुभयो । प्राथमिक शिक्षा जन जागृती प्रा.वि.बाट प्राप्त गर्नुभयो ।
माध्यमिक शिक्षा अध्ययनको लागी ज्योति मा.वि., ठाडामा जाँदा क.पिताम्बर सारु लगायतका साथीहरुको सम्पर्क बाट तत्काल समाजमा विद्यमान सामन्तवादको विरुद्धमा समाजलाई बैज्ञानिक समाजवाद तर्फ ल्याउने कम्यूनिष्ट विचारधारा प्रति आकार्षित भएको कुरा उहाँकै बसाईबाट जानकारी भयो । माध्यमिक तह उत्र्तिण पनि ऐरावत प्रा.वि., रातामाटाबाट शिक्षण कार्य शुरु गर्नु भएका क.टिकाराम जनजागृति प्रा.वि., सामकोट प्रा.वि. हुँदै चन्द्रज्योति प्रा.वि. चाबेनेटाबाट अवकास लिनु भयो ।
शिक्षण कार्यमा कुशल शिक्षकको रुपमा आफुलाई पहिचान गराउन सफल गराउने गुन उहाँ भित्रै विद्यामान थिए जो कुरा हामी सबैले बुझेकै हो । २०४० सालमा विवाह बन्धनमा बाधिनु भएका कमरेडका ३ छोरी १ छोरा हाल सबै विवाह बन्धमा बाधिई सक्नु भएको छ । संगठनकै क्रममा घर पायक विद्यालय जन जागृति प्रा.वि.मा अध्यापन गराउँदा तत्कालिन ने.क.पा. मालेका जनपक्षिय उममेदवार क.जयप्रकाश पौडेल (किसान) को प्रचार गर्न सामन्तवादको जरा गाडेको सिद्धारामा तत्कालिन सामन्त वादको विरुद्धमा जनतालाई कम्युनिष्ट विचार प्रति गोलबद्ध गर्नुभयो । पार्टीको बैद्यानिक कमिटी नभएको बेला पार्टी कै जनवर्गिय संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन मार्फत स्थानिय र बाहिरबाट जाने शिक्षकलाई आफनै घरमा जम्मा गराई संगठित गर्दै जानुभयो ।
पहिला सिद्धारालाई भौगोलिक विकटताको कारण केही भाग ६ नं. इलाका र केही भाग ७ नं. इलाकाले नेतृत्व गरिरहेको थियो । २०४९ सालमा क.पिताम्बर भूसालको उपस्थितीमा सिद्धारा कम्युनिष्ट पार्टीको प्रथम भेलाबाट गन्ति गाउँपार्टी सक्रिय दलको सचिव भई लगातार २ पटक नेतृत्व सम्हाल्दै आउनु भएका कमरेड पार्टीको इलाका कमिटी सदस्य हुँदै २०४९ को स्थानिय चुनावमा २ वटा वडा मात्र विजय गरेको पार्टी २०५४ को स्थानिय चुनाव साथै संसदिय चुनावमा प्रथम शक्तिको रुपमा स्थापित गराउन सबै पक्षको साथ समर्थन भएतापनि उहाँको भूमिकाको प्रतिफल हो ।
२०५५ सालमा बसाई सारई गरि कपिलवस्तुको करहिया आउनु भएतापनि शिक्षण कार्य सिद्धारा रहेकोले संगठनका काममा दत्त चित्त भएर लाग्नु भयो । अवकास पश्चात् कपिलवस्तु मै पार्टी काम र सामाजिक संघ संस्थामा आवद्ध रहि आप्mनो परिचय स्थापित गराउनु भएका कमरेड जनवादी केन्द्रियताको सिद्धान्तमा संगठन चल्नु पर्छ, ज.व.ज.लाई आत्मसाथ गर्दै शक्तिका स्रोत नै जनता हुन जनतालाई हरेक क्षेत्रमा सक्षम बनाएर पछि सुदृढ समाजको निमार्ण हुन्छ भन्ने उच्च विचार छोडेर मिति २०७७ भाद्र २८ गते भौतिक शरिरबाट विदा लिनु भएका कमरेड टिकाराम पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।
संक्षिप्त राजनैतिक पृष्ठभूभीः १) २०४६ सालको परिवर्तन पछि नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध । २) २०४९ सालमा नेपाल कम्युनिष्ट पार्टी ने.क.पा. मालेको सदस्यता प्राप्त । ३) २०५० साल देखि २०५५ सालमा ने.क.पा.सिद्धारा गाउँ कमिटीको सचिव । ४) २०५५ साल देखि २०६० सालमा इलाका कमिटी सदस्य । ५) २०६३ साल देखि २०६४ साल सम्म विरपुर गाउँ कमिटीको सचिव । ६) २०७२ सालमा शिवराज नगर कमिटी सचिवालय सदस्य । ७) २०७५ सालमा ने.क.पा. एमाले जिल्ला कमिटी सदस्य । ८) २०७६ साल देखि नेकपा प्रदेश नं. ५ सामान्य प्रशासन विभाग सदस्य । ९) २०७२ साल देखि हाल सम्म नेपाल राष्ट्रिय वाणिज्य संघको जिल्ला अध्यक्ष र प्रदेश नं. ५ को प्रदेश सदस्य । १०) २०६५ साल देखि एक कार्यकाल चन्द्रौटा उद्योग वाणिज्य संघको सचिव । ११) आवर मदरल्याण्ड एकेडेमीको संस्थापक सदस्य ।