चन्द्रौटा । शिवराज नगरपालिका चन्द्रौटामा रहेका ६ वटा बैंक संग सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल सरकारले जेष्ट नागरिक,एकल महिला, विधवा,महिला,अपाङ्ङ्गगता भएका व्यक्तिहरु, लोपउन्मुख जाति र बालबालिबालाई सामाजिक संरक्षण प्रदान गर्न सामाजिक सुरक्षा कार्यक्रमको महत्व रहेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए ।
मन्तव्य राख्दै उप प्रमुख शिवकुमारी थारु
अन्तरक्रिया कार्यक्रममा आफनो मन्तव्य राख्दै नगर उप प्रमुख शिवकुमारी थारुले नागरिकलाई सहज तरिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्नु पर्ने सबैको दायित्व भएको बताइन् । शिवराज नगरपालिकाले चन्द्रौटामा रहेको एन.एम.बी बैंक लि, ग्लोब आई.एमइ बैक लि ,कामना सेवा बैंक लि.गरिमा विकाश बैंक लि,महालक्ष्मि विकाश बैंक र शाईन रेसुङ्गा डेभ्लोमेन्ट बैंक लि संग नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यका लागि ३ वर्षका लागि समझौता पत्रमा हस्ताक्षर समेत गरेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख तथा फोकल पर्सन बोधराज भुसालले बताए ।
अन्तरक्रिया कार्यक्रममा बैंक तथा नगरपालिकाले सेवालाई प्रभावकारी बनाउने विषयमा सबै एक जुट हुनु पर्ने ग्लोबल आई.एमइ. चन्द्रौटा शाखाका प्रमुख र बैंकर्स क्लब चन्द्रौटाका अध्यक्ष विष्णु कुवँरले बताए । शिवराज नगरपालिकाले प्रत्येक चौमासिकमा सामाजिक सुरक्षा भत्ता तर्फ अनुमानित ५ करोड रकम वितरण हुने गरेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । अन्तरक्रिया कार्यक्रम शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीको अध्यक्षता र उप प्रमुख शिवकुमारीको आतिथ्यितामा सम्पन्न भएको थियो ।