शिवराज नगरपालिकाले संचालन गरेको आइसोलेसन सेन्टरको नयाँ भवनमा फ्रि वाईफाई र सि.सि. क्यामरा जडान गरिएको छ ।आइसोलेसनमा रहेेका हरुलाई खानाबस्नको व्यवस्था गरिएको शिवराज स्वास्थ्य प्रमुख चुडामणी भट्टराईले बताए ।
करोनना संक्रमितलाई आइसोलेसन सेनेटरमा फ्रि वाईफाईको व्यवस्था संगै स्वास्थ्यकर्मीलाई खटाइएको र सुरक्षाकर्मीले २४ घण्टा सुरक्षा दिन सि.सि. क्यामरा जडान गरिएको गरिएको भट्टराईले बताए ।
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारिले करोना संक्रमितहरुको उच्च मनोबलका लागि आइसोलेसन सेन्टरमा फ्रि वाईफाई सहित सि.सि. क्यामरा जडान गरिएको बताए । शिवराज नगरपालिकाले कपिलवस्तु जिल्लामा पहिलो आइसोलेसन सेन्टर निर्माण गरि संचालन गरेको बताए ।