न्यूज ब्यूरोका पत्रकार बिनय यादव उपर भएको दुरव्यहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुरव्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरेको जनाएको हो ।
नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुरव्यहारको छानबिन गरी दोषी उपर कारवाही गर्न पहल गरिने जनाइएको छ ।
सर्वसाधारण जनताको स्वस्थ्य जस्तो संवेदनशील विषयमाथि चरम लापरबाही गर्दै काण्डै काण्ड गर्दै आएको आरके मेडिसिटी हस्पिटबारे यसअघि पत्रकार यादवले समाचार लेखेका थिए ।