Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मौलाना सल्फीको श्रद्धाञ्जली सभा सम्पन्न


मौलाना सल्फीको श्रद्धाञ्जली सभा सम्पन्न
कृष्णनगर
नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को आज असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया शिक्षण गर्दै आएका थिए । राति मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु भएको कुरा बिद्यालय प्रशासनले बताएको छ । मौलाना अब्दुल मन्नान सल्फी को असामयिक निधन प्रति स्तब्ध रहेको बिद्यालय प्रशासनले आज शोक सभाको आयोजन गरेको थियो । शोक सभामा सबै धर्मको मानिसहरुको उपस्थिति देखिएको थियो । सन् १९५९ दिसम्बरमा जन्मेका मौलाना अब्दुल मन्नान सल्फी एक सहिष्णु मौलाना थिए । उहाँ जाति धर्मलाई न हेरिकन गरिब, असहाय तथा बिपन्न मानिसहरुको मदत गर्दै आईरहेका थिए ।
जसले गर्दा वहाँ मुस्लिम समुदायमा मात्र नभई हिन्दुहरुको लागि पनि लोकप्रिय थिए । राष्ट्रिय मदरसा संघ नेपाल लगायत अन्य संघ संस्थाहरु द्वारा सम्मानित भएका मौलाना अब्दुल मन्नान सल्फी को शिष्यहरु नेपाल, भारत का साथै खाडी देशहरुमा पनि प्रशस्त भएको कुरा पूर्व मन्त्री ईश्वर दयाल मिश्रले बताएका छन् । कोरोना महामारीको कारण उत्पन्न भएको बिषम परिस्थितिमा शिष्यहरु उपस्थिति हुन न सकेको कुरा गर्दै पूर्व मन्त्री मिश्रले मौलाना सल्फी को बिलीनता बिद्यालय प्रशासनलाई मात्र नभई समग्र समाजलाई नै अविस्मरणीय रहने ठहर गरेका छन् । सहिष्णु तथा मिलनसार व्यक्तित्व रहेका मौलाना सल्फी को आत्मालाई स्वर्गमा स्थान मिल्ने र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्ने कामना पनि पूर्व मन्त्रीले गरेका छन् ।
राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले नेपालको पहिलो उर्दू मासिक पत्रिकाको संरक्षक सल्लाहकार समेत रहेका मौलाना सल्फी को आत्मशान्ति को कामना गर्दै मौलाना एक ईमान्दार, सहयोगी तथा मिलनसार स्वाभाव का व्यक्ति भएको कुरा बताएका छन् । त्यसैगरी मदरसा बोर्ड प्रदेश नम्बर ५ को उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले दिवंगत आत्मालाई स्वर्गमा स्थान मिल्ने कामना गर्दै मौलाना सल्फीको योगदान प्रति आफूलाई सधै आभारी रहने कुरा भनेका छन् ।
साथै स्तब्ध बनेका परिवारलाई धैर्य धारण गर्ने साहस प्रदान गर्ने कामना पनि गरेका छन् । राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनी अल्कुफीको अध्यक्षतामा आयोजित शोक सभाको प्रमुख अतिथि पूर्व मन्त्री ईश्वर दयाल मिश्र तथा बिशिष्ठ अतिथि द्वय प्रदेश नम्बर ५ मदरसा बोर्डको उपाध्यक्ष मौलाना मशहुद खाँ नेपाली र जामिया सिराजुलवलुम अलसल्फियाको उप—प्रधानाध्यापक शैख अब्दुल रशिद मदनी रहेका थिए । शोक सभामा ब्यापार संघको पूर्व अध्यक्ष गुरु शरण सिंह, चेम्बर आफ कामर्श कपिलबस्तुको जिल्ला अध्यक्ष माधव पोख्रेल, नेकपाको नगर कमिटी अध्यक्ष जाबेद आलम खाँ, हेरा शैक्षिक तथा मानवीय सेवा समाज का सचिव शैख जैश मक्की, खालिद रशिद, मदरसा जैद बिन साबिद का सहायक प्रधानाध्यापक हाफिज तारिक, नियाज अहमद लगायतको महानुभावहरुको उपस्थिति रहेको थियो । शोक सभामा रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजर को सदुपयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline