Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

इतिहासकै सफल प्रधानमन्त्री ओलीः एउटा योजना फ्याक्दा विपक्षी १५ दिनसम्म थला पर्छन्


इतिहासकै सफल प्रधानमन्त्री ओलीः एउटा योजना फ्याक्दा विपक्षी १५ दिनसम्म थला पर्छन्

हामी साढे तिन करोड नेपाली जनताको गुरु हाम्रो अभिभावक देशको एक सच्चा, इमान्दार र निष्टावान देशप्रेमी लिडर हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली । यदि यस संसारमा एक व्यक्ति छ, जो हामी नेपाली जनतालाई साँच्चै प्रेम गर्दछ, हामी नेपाली जनतालाई हेरेर जिउने गर्दछ र नेपाली जनतालाई सजिलै आत्मसात गर्छ भने त्यो प्रधानमन्त्री आली हो । तपाई हामी नेपाली मनको प्रेम हुनुहुन्छ । नेपाली जनता तपाईंलाई जीवन भरी साथ दिन चाहन्छौ. । यो शरीरमा अदभूत बल छ । तपाईको आत्मा बलले सारा दुनियाँ चकित छ । कामले त झन सबै लोकप्रिय छ ।

तेह्रथुमको आठराईमा जन्मनुभएका प्रधानमन्त्री ओलीलाई सानै उमेरमा आमाले यो धर्तीबाट छाडेर जानुभयो । बुबा मोहन प्रसाद ओलीले हुर्काउनुभएका उहाँलाई सानै उमेरमा सर्पले सिरमा सिरानी दियो । अरु भएका भएत डस थियो नै होला तर देशभक्त छोरा भनेर चाटी चाटी माया गरो । खेतीपाती सबै खोलाले बगायो घरबाट नै उठिबास लाग्यो । त्यहाँदेखी बुबाले झापा ल्याउनुभयो । झापादेखि नै प्रधानमन्त्री ओलीको परिक्षाको घडी सुरु भयो ।

उहाँलाई पञ्चायतले जेलको बाटो देखायो १४ बर्ष जेल बसायो तर अपराध गरेर होइन । जनता लागि बस्नुभयो । त्यहाँ नै देखि प्रधानमन्त्री आलीले सुखी समृद्धको सपना देख्नुभयो । अनि यो शरीरले चौध बर्ष जेललाई पार लगाउनुभयो । उहाँको शरीरले हेलिकप्टर दुर्घटना पारलगायो । यो शरीरले दुई पटक मृगौला फेरेर र पनि प्रधानमन्त्री ओलीले देशलाई छाडेर बिलय हुनुभएन । यो शरीले त्यो संकटलाई पनि पार लगाउनुभयो । त्यस्तै नाकाबन्दी, भुकम्प पारलगाउनुभयो । त्यस्तै यो शरीरले कोरोना परलगाउदै हुनुहुन्छ । उहाँ सबै संकट पार लगाउन सफल हुनुभएका उहाँले त्यो फोगट ५ गुटेहरुलाई त्यसै पार लगाउनु हुनेछ भन्नेमा म ढुक्क छु ।

आजसम्म बिगतमा कति सरकार र शासन फेरियो तर भारतीय बिस्तारवाद बिरुद्धको अन्याय र थिचोमिचोका बिरुद्ध बोल्ने प्रधानमन्त्री वा शासक पाउन सकिएन जुन आज हामीले पाएका छौं । गर्वको कुरा हो, सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको ‘समृद्ध नेपाल : सुखी नेपाली’को दृढ चाहनालाई अब हामी सबै मिलेर साकार पार्नु छ ।

राज्यको उत्पतीसँगै नेपालको इतिहासकै राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएको उहाँको व्यहार तथा भिजनबाट प्रष्ट भएको छ । नेपालको सन्दर्भमा राज्यको उत्पत्तीको सवालमा दैविक शक्तिको सिद्धान्त, विकासवादी सिद्धान्त, मातृसतात्मक सिद्धान्त, पितृसतात्मक सिद्धान्त तथा सम्झौताको सिद्धान्तका बिच एक आपसमा कडा प्रतिस्पर्धा हुँदै आयो । जुन हालसम्म पनि यथावत रहेको छ । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैविक शक्तिको सिद्धान्तलाई आत्मसात् गर्यो । त्यस्तै कम्युनिष्टहरुले माक्र्सवादी सिद्धान्त जुन सम्झौतावादको सिद्धान्तलाई आत्मसात् गर्यो । सम्झौताको आधारबाट नै हाल विश्वमा सम्पूर्ण मुलुकहरु सञ्चालनमा रहेको छन् । जसमा नेपाल, चीन, भारतलगायतका छिमेकी मुलुकहरु पनि सोही अनुसार अघि बढेका छन् ।

त्यही कम्युनिष्ट वा माक्र्सवादको राज्यको उत्पत्तीको सवालमा नेपालको समय सान्दर्भिकतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मसात् गर्नुभयो । जसले गर्दा दुई छिमेकी विशाल देश चीन र भारतको बिचमा रहेको नेपालले आफ्नो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सार्वभौम अखण्डता, स्वाधिनतालगायतका कुराहरुमा दृढताका साथ अडान, विश्वास र भरोसायुक्त चट्टानी अडान राख्नुभयो । जसका कारण गुमेको नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षत्रेहरु फिर्ता आउने क्रममा रहेको छ । भारतीय एकाधिकारको अन्त्य भएको छ । नेपाल आत्मनिर्णय गर्न स्वतन्त्र मुलुकको रुपमा विश्वमा एक आफ्नै पहिचान स्थापना गर्न सफल हुँदै गएको छ ।

प्रधानमन्त्री ओलीकै नेतृत्वमा चीनसँगेको पारवहन सन्धी भयो । जसले भारतीय एकाधिकारको अन्त्य मात्र भएन, नेपाल ल्याण्ड लकबाट ल्याण्ड लिक कन्ट्रीको रुपमा स्थापीत हुँदै गयो । जसबाट भारतलाई रिझाउन नसकेको खण्डमा नाकाबन्दी भए नेपालमा भोक भोकै बस्नुपर्ने अवस्थाको अन्त्य भयो । नेपाली जनताको स्वतन्त्रतामा थप उर्जा प्राप्त भयो ।

प्रधानमन्त्री ओलीले नेपालमा रेल सञ्चालन गर्ने प्रशस्त सम्भावना रहेको र त्यो आफ्नै कार्यकालमा पुरा गरेरै छोड्ने योजना ल्याउनुभयो । जसले गर्दा भारत तर्फको एकाधिकार समाप्त हुने देखियो । व्यापार, व्यवसाय, रोजागरीलगायतका असंख्य योजनाहरु एक पछि अर्को गर्दै ल्याउनुभयो । जसबाट नेपालको आर्थिक वृद्धिदर उच्च हुँदै मात्र गएन । विश्वमा विकसित मुलुकहरु भन्दा उत्कृष्ट हुने भयो ।

१० हजार मेगावट विजुली १५ वर्षमा उत्पादन गर्ने सरकारले नीति लियो । जसले गर्दा अध्यारो युगको अन्त्य मात्र भएन भारतबाट विद्युत आयात गरी १८ घण्टासम्मको लोडसेडिङ् खेप्नुपर्ने अवस्थाको अन्त्य भयो । अध्यारो युगको अन्त्यसँगै उज्यालो यात्रा तय भयो । विगतमा भारतबाट विजुली ल्याई लोड्सेडिङ्को अन्धकार युगमा बसेका नेपालीले अब भारबाट विद्युत खरिद गर्ने नभई भारतलाई विक्रि गर्ने चरणमा प्रवेश गर्दैछ ।

भौतिक विकासको साथ साथै राष्ट्रिय स्तरका साना तथा ठूला आयोजनाहरु बनाउने योजना मात्र हैन, काम नै तिव्र गतिमा अघि बढ्न थाल्यो । यस्तै प्रधानमन्त्री ओलीले मात्र हैन, घर घरमा ग्यासको पाईप, हावाबाट विजुली, नेपालको आफ्नै पानी जहाजलगायतका दिर्घकालिन योजना ल्याउँदा कतिपयले त्यसको उछिटो नै काड्न भ्याए । तर ति एक पछि अर्को गर्दै पुरा हुँदै जान थालेका छन्, विरोधीका अनुहार रातोपिरो हुन थालेको छ ।

प्रधानमन्त्री ओलीको योजनाले विपक्षीको चार हात माथि उफ्रिएर विरोध गर्नेहरु उक्त सपनाको विरुद्ध सम्पूर्ण शक्तिहरु लगाएर उभिन्छन् उनीहरु । प्रधानमन्त्रीको एउटा योजना फ्याक्दा विपक्षीहरुको १५ दिनसम्म घाइते हुन्छन् । देशदेखी विदेशसम्म, सदनदेखी फेसबुकसम्म यसरी नै चलिरहेको छ उनीहरुको दैनिकी । उनीहरुमा देशविकासको न कुनै योजना नै छ, न कुनै सपना नै, न आत्मबल नै, नत विश्वास नै छ, नत आँट नै छ । भारत निर्भर अर्थराजनीतिलाई स्वतन्त्र बनाउने कुरा सुन्दा बेहोस हुन्छन् । राष्ट्रिय उद्योगहरु बेचेर युवालाई ५०/५५ डिग्रीको तातो घाममा रोजगारीको लागि विदेश पढाई तिनको रेमिट्यान्सबाट सरकार सञ्चालन तथा दिल्लीको दलाली गरेर आफु सत्तामा रहन भारतको गुलामी तथा दलाली गर्नुनै उनीहरुको राजनीति रहेको छ ।

त्यसैले प्रधानमन्त्री केपी ओलीले त्यस्ता व्यक्तिलाई पाखा लगाई मुलुकको लागि समर्पित यस्ता राजनेता जो सधैं देश र जनताको बारेमा मात्र चिन्तन गरिरहने नेपाली जनताका सच्चा अभिभावक लाई उच्च सम्मान ब्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline