चन्द्राैटामा माक्सको कालो बजारी सुचना पछि इलाका प्रशासन कार्यालय चन्द्रौटाकाे अनुगमन
चन्द्राैटा
कोरोना भाइरसको प्रकोपको सम्भाब्यता संगै माक्सको कालो बजारी गर्ने माथि स्थानियले गुनासाे गरे पछि इलाका प्रशासन कार्यालय चन्द्रौटाले अनुगमन गरेकाे छ । चन्द्राैटा चाैकमा रहेकाे गुलशन मेडिकल हल र नीरज मेडिकलले फरक फरक मुल्यमा मास्क विक्री गरेकाे सुचनाकाे आधारमा अनुगमन गरिएकाे इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख सूर्य बहादुर खत्रीले बताए ।

बजारमा ८५ रूपैया पर्ने मास्कलाई तिन सयमा बेचे पछि प्रशासनले आज छापा हानेको थियाे । सरकारले मास्क अनिवार्य गरे पछि शिवराज नगरपालिका चन्द्रौटामा रहेको गुलशन मेडिकल हल र नीरज मेडिकलले महँगो मूल्यमा मास्क विक्री गरेका पाईएको खत्रीले बताए ।

गुलसन मेडिकलले सय रुपैया पर्ने मास्कलाई ३ सय र नीरज मेडिकलले २ सय मा बिक्री गरेका थिए । बजार आउने सर्वसाधारणलाई प्रशासनले मास्क लगाउन कडाइ गरे पछि नागरिकहरू मास्क किन्न औषधी पसल पुगेका थिए । बढी रकम लिए पछि प्रशासनमा आज लिखित उजुरी परेको थियो । शिवराज नगरपालिका वडा नं. ५ का स्थानीयले उजुरी दिए पछि साँझ ५ बजे अनुगमन गरिएको थियो । पसलमा रहेका के एन ९५ र सर्जिकल मास्क जफत गरिएको खत्रीले बताए । कोरोनाको प्रभावको चर्चा संगै बजारमा कतिपय ब्यवसायीहरुले माक्स लुकाउनुका साथै बढी मुल्यमा बेच्न थालेपछि सरकारले कडाई गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























