चन्दाैटा
कपिलवस्तुका शिवराज नगरपिलकामा संचालन रहेको संस्थागत विधालयले प्रेस विज्ञेप्ती जारी गरि अभिभावक संग कुनै पनि शुल्क नलिएको जनाएको छ ।
अभिभावक संगको छलफल र अभिभावके माग बमेजीम कक्षा ८,९ र १० का विधार्थीलाई असार १ गते देखि अनलाईनकक्षा संचालन गरेको आवर मदरलेण्डका प्रिन्सिपल नारयण भण्डारीले बताए ।
कोभिड १९ को विषम परिस्थितिलाई ध्यानमा राखेर शिक्षा क्षेत्रमा भएको र थपहुन सक्ने क्षतिलाईन्युनिकरण गर्न नेपाल सरकारले वैकल्पिक प्रणालीबाट विधार्थिको सिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार संचालन गरिएको भण्डारीले बताए ।
केही संचार माध्यमा विधालयको नाम जोडी अनलाईन कक्षा संचालन गरि शुल्क लिएको विषयमा विधालयको गम्भिर ध्यान आकर्रषण भएको विज्ञेप्ती मार्फत जनाएको छ । असार २३ गते अखिल क्रान्तिकारीले विधालयमा कालाे ब्यानर टाड्गेकाे र अावर मदरल्याड एकाडेमी र शिवगढी इड्गलिस स्कुल प्रा.लि अनलार्इन कक्षा संचालन गरे वापत शुल्क उठाएकाे विषय तथ्यहिन रहेकाे शिवगढी इड्गलिस स्कुल प्रा.लि का प्रिन्सिपल ताेयानाथ गैरेकाे हस्ताक्षर विज्ञेप्तीमा उल्लेख गरिएकाे छ । दुवै विधालयले जारी गरेकाे विज्ञेप्तीमा नेपाल सरकारले र प्याब्सन र क्षेत्रीय कार्यालयकाे निर्देशन पुर्ण पालना गरिएकाे जनाएकाे छ ।