नेपाल सरकार वा विदेशी सरकार वाट तलब भत्ता पाएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता नपाउने
नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार नेपाल सरकार वा विदेशी सरकारकाे तलब भत्ता पाउने व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता नपाउने निर्णय गरेकाे छ । सामाजिक सुरक्षा ऐन २०७५ अनुसार कुनै प्रकारले नियमित रुपले पारिश्रमिक,निवृत्तभरण,अवकाश सुविधा एव अन्य सुविधा पाईरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने प्रष्ट व्यवस्था गरेकाे छ । असार १७ गतेकाे मन्त्रीस्तरको निर्णयलाई कार्यान्व्यन गर्न सबै स्थानिय तह लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पत्र पठाएकाे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























