कपिलपवस्तु
कपिलवस्तु जिल्लामा सलह किराको प्रवेश संगै यसको विगविगी बढेको छ । कपिलवस्तु नगरपालिका,शुद्धोधन गाउपालिका शिवराज नगरपालि बुद्धभुमी नगरपालिका लगाएतमा यस किरा को संख्या बढी देखिएको छ ।
आजा साझ ४ बजे देखी कपिलवस्तु नगरपालिकामा यो किरा अत्यधिक मात्रमा देखिए पछि यहाका किसान हरु चिन्तीत हुन थालेका छन । सलह किराले गाउ टोल आफ्नो खेत बारी नै ढाकी सकेको वडा नं ४ किसान अवधराम यादवले बताएका छन । यसरी आफ्नो खेतबारी सलह किरा ले ढाके पछि आफु लगाएत पुरै गाउ नै चिन्ती भएको यादवले गुनासो गरेका छन । यस्तै जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख राम गोविन्द आर्य अनुसार यिनी हरु विभिन्न समहुमा बाडिएर दांग,अर्घाखाची तथा पाल्पा तिर लागेको बताए ।
दैनिक १३० देखी १३५ किलोमिटर सम्म उडेर जाने र साँझ निस्कृय भइ बस्ने आर्यले जानकारी दिए । यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।