राई रमेश “गाउले

संझन्छु म बालापन,कपुरी क पढेको
हैट घोडा हैट भन्दै,आपाको काध चढेको

सिन्काउली,डण्डीवियो,चोर पुलिस खेल्दा
घुडा माथी चोट छनी,त्यसैवेला लडेको

दुनाई अंक जोड घटाउ,गुणन र भागा
नाजान्दामा सिर्काना,दुवै हातमा परेको

भात पकाई बिहागरी कति कति खेलीयो
संझन्छु माछा मार्न, साखोलामा झरेको

याद आउछ ती दिन,अनि मेरा वालापन
नपाएनी त्यो दिनलाई,संझना चाही गरेको

गाउले गोठ लिच्कीराम्चे ६ खोटाङ्ग
[email protected]