चन्द्रौटा (कपिलवस्तु)
चट्याङ्ग लागेर कपिलवस्तुमा एक पुरुषको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको शिवराज नगरपालिका ११, थुन्हिया बस्ने वर्ष ४५ का सत्यनारायण कुर्मी रहेका छन् । पानी परिरहेको बेला बिहान करीब साढे ११ बजे खेतको कुना खनिरहेका कुर्मीलाई एक्कासी चट्याङ्ग लागेको हो । चट्याङ्ग पर्दा आगोको मुस्लो आई उनको छ्तीमा बजारिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए । चट्याङ्गले उनको छातीको भाग जलेको छ ।
चट्याङ्गबाट गम्भीर घाइते कुर्मीलाई उपचारका लागि सन्जीवनी अस्पताल चन्द्रौटा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।