कपिलवस्तु
कपिलवस्तु नगरपालिका कार्यलयले २०७७ । ०७८ को बार्षिक नीति तथा कार्यक्रम सम्पन्न गरेको छ । आज कपिलवस्तु नगरपालिकाको सभा हलमा सातौ नगर सभामा समृद्धि नगर खुशी नगरवासी स्थिर र दिगो विकासको गती नारा सहित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नि. प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद ज्ञवालीले बार्षिक नीति प्रस्तत गरेका थिए ।
नगरको बार्षिक नीति तथा कार्यक्रममा नगरको पुर्वाधार बिकास नीति,आर्थिक विकास नीति,पशु विकास नीति,कृषि विकास नीति तथा सहकारी नीति उद्योग वाणिज्य ,पर्र्यटन तथा संस्कृति पर्वद्धन, अन्र्तराष्टिय सहयोग सहकार्य समन्वय नीति त्यस्तै गरी श्रम तथा रोजगार नीति लगाएतका कुराहरु समावेश गरिएको छ ।
यस्तै शिक्षा युवा तथा खेलकुद नीति, बहुक्षेत्रिय पोषण योजना, महिला बालबालिका तथा जेष्ठ नागरीक एवम लैगिंक समानता, बन बातावरण, शुशासन तथा संस्थागत विकास नीति र सुचना तथा संचार प्रविधी नीतिहरु लाई प्रथामिकतामा राखिएको छ ।आर्थिक वर्ष २०७६∕०७७ का योजना तथा कार्यक्रमहरु कार्यन्वयन नभएका हुन नसकेका मोज्दात गरी अगामी वर्षमा समावेश गरिने छ ।