महाराजगंज
महाराजगंज नगरपालिका वडा नम्बर नं. ७ कुशहवाको वडा कार्यालयमा चोरी भएको हो । वडा कार्यालय तोडेफोड गरेर चोरले सेनिटाइजर, सावुन र माक्स लगेको वडा सचिव राकेश चौवेले बताए ।
चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको एक महिना देखि संकलन भएको राजस्व वडा कार्यालयमै राखिएको सेनिटाइजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताए । यस्तै वडाको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताए । कार्यालयको दराजमा राखिएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको रकम चोरी भएको वडाध्यक्ष मुसलमानले बताए । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवास्तवले घटनाको अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य भई रहेको बताए ।
फाइल तस्वीर